back
CTIZAN AD

विश्व बैंकले बनाइदिएको ल्याब अलपत्र , परीक्षण गर्न दैनिक एक हजार नमुना भारततर्फ

वि.सं.२०७६ पुस ९ बुधवार

798 

shares

९ पुस, काठमाडौँ । उदाहरण १- इबोला परीक्षण गर्न अमेरिका पठाइयो, एक महिनासम्म परिवारलाई तनाव तर, रिपोर्ट आयो– इबोला होइन
उदाहरण २ – श्वासप्रश्वास समस्याले मृत्यु भएकाको नमुना जापान पठाइयो, एक महिनापछि आएको रिपोर्टमा बर्डफ्लु भेटियो ।
उदाहरण ३ – सप्तरीमा एकैपटक एउटै फार्ममा ६१ बंगुर मरे, तर नेपालमा परीक्षण हुन सकेन, नमुना विदेश पठाइएन ।

यी तीन प्रतिनिधि उदाहरणले नेपालमा महामारी र संक्रामक रोगको परीक्षण सम्भव छैन भन्ने सन्देश दिन्छ, जब कि विश्व बैंक र विश्व स्वास्थ्य संगठनले यस्ता धेरै संक्रामक रोगको परीक्षण नेपालमै होस् भनेर ६ वर्षअघि टेकुमा प्रयोगशाला बनाइदिएका थिए । इबोला, निपा, प्लेग, सार्स, इन्फ्लुएन्जा, टोगाभाइरस, हेजमोराइज फिभर, क्यु फिभर, एन्थ्रक्स रिक्लिट सिनलगायतका संक्रामक रोग मात्र होइन, क्यान्सर, क्षयरोग, हर्मोन, प्रजनन, स्नायु रोगको समेत नमुना परीक्षण हुन सक्छ ।
तर, यो प्रयोगशाला बन्द छ ।

नेपालमै सुविधा नहुँदा यस्ता रोगको आशंकामा दिनमा हजारभन्दा बढी बिरामीको नमुना भारत पठाउनुपर्ने बाध्यता छ । तीन वर्षअघि प्रयोगशालाले केही नमुना परीक्षण पनि गरेको थियो । तर, त्यसपछि ठप्प छ । जब कि, बन्द रहेको ल्याबमा पनि सरकारले पैसा खर्च गरिरहेको छ । बुधबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस ९ बुधवार ०७:४९ मा प्रकाशित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...