back
CTIZAN AD

बदमासी छ भने छोड्नु हुँदैन, तर अनुमानको भरमा निष्कर्ष ननिकालौँ – रामेश्वर साह

वि.सं.२०७६ पुस १० बिहीवार

888 

shares

११ पुष । गैरआवासीय नेपाली संघभित्र आर्थिक अनियमिता, भ्रष्टाचार, बेथिति भएका जस्ता समाचार आएपछि यसको नेतृत्व बोल्नु पर्ने हो, तर अझै पनि मौन छ तर संस्थाको भलो चिताउने जोकोही व्यक्ति मौन रहन र संस्थामाथि लगाइएका आरोपहरुबारे सहेर बस्न पनि सक्दैन ।

संघका पूर्वकोषाध्यक्ष र हाल सल्लाहकार रहेका रामेश्वर साहले आफ्नो धारणा अभिव्यक्त गरेका छन् । आफू सँगै पारदर्शितामा विश्वास राख्ने भएकाले यदि संस्थाभित्र अनियमितता भएको हो भने त्यसको छानविन हुनुपर्दछ तर प्रमाण परिक्षण बिना अनुमानको भरमा निष्कर्ष निकाल्दा संस्थाको बदनामी हुने तर्फ सर्तक रहनु पर्ने उनको भनाई छ ।

उनी भन्छन् ‘संघका हरेक आर्थिक कारोबारको परीक्षण हुनै पर्छ भन्ने विश्वास बोकेको एक व्यक्ति भएकोले अनियमितताको ‘अ’ मात्रै पनि देखियो भने छानबिन हुनु पर्छ र यदि कसैले कुनै बदमासी गरेको हो रहेछ भने त्यसलाई कुनै पनि हालतमा छोड्नु हुन्न, र छोडिदैन पनि ! तर छानबिननै नगरी, प्रमाण परिक्षण बिना, अनुमानको भरमा निष्कर्ष निकाल्दै गर्दा व्यक्तिले गर्ने बदमासी(?)मा संघको बाँकी रहेका (बचल-खुचल)साखलाई गम्भीर असर पार्ने भएकोले हामी सबै, सधैं सजग हुँनु आवश्यक देखिएको छ । ”
यसबारे आफ्नो विचार राख्दै फेसबुकमा उनले लेखेका छन् :
“गत अक्टोवरमा विश्व सम्मेलन ताका नेपाली समाजले सहजै बिर्सिन नसक्ने ‘हामी’ द्वारा प्रदर्शित उच्च संस्कार(!) का नमुनाहरु पस्चात केही दिन यता देखी ‘एनआरएनमा ठुलो आर्थिक अनियमितता’, ‘एनआरएनमा आर्थिक गोलमाल’, ‘एनआरएनमा बाँस र जस्ता काण्ड’, ‘एनआरएनमा करोडौ करोड घोटाला’, ‘एनआरएनमा भ्रष्टाचार’ (?) आदि इत्यादी बारेका लेख-आलेख र विवरण सहितका प्रसस्त टिका-टिप्पणीहरु प्रकाशनमा आईराख्दा यस अभियानमा कुनै(?) समय औधि सक्रिय रहेका ‘हामी’ जस्ताको ध्यान आकर्षित नहुने कुरै भएन ! एनआरएन अभियानमा दशक बढीको प्रत्यक्ष संलग्नताका बेला संस्थामा कामै नगरी ‘नेम(फेम’ (सस्तो लोक प्रियता) का भोकाहरु मात्रै नभई निहित स्वार्थका लागि संस्थाको नाम भजाउनेहरु पनि प्रसस्तै नभेटिएका भने होइनन्।

तर जे-जस्तो भएपनि एनआरएनए जस्तो नितान्त सामाजिक संस्था जसको संचालन पद्धतिमै ‘सदस्यले आ-आफ्नो खर्च आफै व्यहोर्ने’ विधि बाट संचालित हुने अवस्थामा कसैले करोडौको भात खायो होला, चन्दाको पैसाबाट हेलिकप्टरमा सैर गर्यो होला, संघको पैसाबाट कसैले जाँड धोक्यो होला, आदि ईत्यादी बारेका शिर्षकहरु पढ्दा विश्वास गर्नु त के त्यस्ता कुरा कसैले सहजै गर्न सक्ने भन्ने परिकल्पना समेत पनि गर्न सकिदैन जस्तो लागेको छ ।

फेरी यति लेख्दै गर्दा ‘दुषित मानसिकता’ का सिकारहरुले मैले कसैको बचाऊ गर्न त खोजि रहेको छैन भनेर प्रश्न उठाउने जमर्को नगर्ला भनेर यसै भन्न सकिदैन ! तर होइन, त्यो पक्कै पनि होईन। यहाँ कसैको बचाउ वा बिरुद्धमा बोलिएको पक्कै पनि होईन ।

संघका हरेक आर्थिक कारोबारको परीक्षण हुनै पर्छ भन्ने विश्वास बोकेको एक व्यक्ति भएकोले अनियमितताको ‘अ’ मात्रै पनि देखियो भने छानबिन हुनु पर्छ र यदि कसैले कुनै बदमासी गरेको हो रहेछ भने त्यसलाई कुनै पनि हालतमा छोड्नु हुन्न, र छोडिदैन पनि ! तर छानबिननै नगरी, प्रमाण परिक्षण बिना, अनुमानको भरमा निष्कर्ष निकाल्दै गर्दा व्यक्तिले गर्ने बदमासी(?)मा संघको बाँकी रहेका (बचल-खुचल)साखलाई गम्भीर असर पार्ने भएकोले हामी सबै, सधैं सजग हुँनु आवश्यक देखिएकोछ । होईन भने, ‘हामी यस्तै त होनी ब्रो’ भन्नलाई त छदैछ ।”

वि.सं.२०७६ पुस १० बिहीवार ०९:२७ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...