back
CTIZAN AD

सल्मानलाई बलिवुडमा सफलतै सफलता, ‘दबंग ३’ बन्यो १०० करोड कमाउने १५ औं फिल्म

वि.सं.२०७६ पुस १० बिहीवार

819 

shares

१० पुष, काठमाण्डौ । बलिउड नायक सल्मान खानलाई फिल्ममा लगातार सफलता हात लाग्दै आएको छ ।

हालै भारत नेपाल लगायतका देशमा चलिरहेको दबंग ३ ले लागेको एकसाता नबित्दै १०० करोड नाघेको समाचार छ ।

यो फिल्मसँगै १०० करोडको व्यापार गर्ने फिल्म दबंग ३, १५ औ नम्बरमा परेको छ ।

सोनाक्षी सिन्हा, किच्चा सुदीप, सई मांजरेकर लगायत कलाकारको महत्वपूर्ण भूमिका रहेको उक्त फिल्म गत शुक्रबार मात्र प्रदर्शनमा आएको थियो । भारतमा जारी रहेको नागरिकता आन्दोलनका कारण तथा सोहि फिल्मकी नायिका सोनाक्षीले पनि फिल्मको प्रचार भन्दा आन्दोलनलाई साथ दिने कुरो बाहिर आइरहेको बेलामा पनि फिल्ममा कुनै असर नपरी यतिधेरै सफलता हात पारेको चलचित्र विश्लेषकहरु बताउँछन् ।

यी हुन् १०० करोड कमाउने सल्मानका १५ फिल्म
बाक्स अफिस इण्डियाको तथ्यांक अनुसार सन् २०१० मा प्रदर्शनमा आएको ‘दबंग’ ले १४१ करोड कमाएको थियो भने सन् २०११ मा बनेको ‘रेडि’ फिल्मले १२०, २०११ मा बनेको ‘बडिगार्ड’ले १४४, सन् २०१२ मा बनेको ‘एक था टाइगर’ले १८६ करोड, २०१२ मा बनेको ‘दबंग २’ ले १४९ करोड, २०१४ मा बनेको ‘जय हो’ ले १०९ करोड, २०१४ मा बनेको ‘किक’ ले २११ करोड, २०१५ मा बनेको ‘प्रेम रतन धन पायो’ ले १९४ करोड, २०१६ मा बनेको ‘सुल्तान’ ले ३०० करोड,२०१७ मा बनेको ‘ट्युवलाइट’ ले ११४ करोड, २०१७ मा बनेको ‘टाइगर जिन्दा है’ं ले ३३९ करोड, २०१७ मा बनेको ‘रेस’ ले १६६ करोड, २०१९ मा बनेको भारत’ ले १९७ करोड र २०१९ मा बनेको ‘दबंग ३’ ले १०३ करोड कमाएको छ ।

वि.सं.२०७६ पुस १० बिहीवार ११:३२ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...