back
CTIZAN AD

आयुष्मान भारत कार्यक्रमबाट ७० लाख नागरिक लाभान्वित : प्रधानमन्त्री मोदी

वि.सं.२०७६ पुस १० बिहीवार

696 

shares

१० पुस, लखनऊ ।  आयुष्मान भारत, प्रधानमन्त्री जन आरोग्य योजना स्वास्थ्य बीमा कार्यक्रमबाट ७० लाख भारतीय लाभान्वित भएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

बुधबार अटल विहारी मेडिकल युनिभर्सिटीको भवन निर्माणका लागि आधारशिला स्थापना कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले आयुष्मान भारत योजना ‘विश्वकै सवैभन्दा ठूलो कार्यक्रम’ भएको बताए ।

उनले भने, “कार्यक्रम शुरु भएको छोटो समयमा नै ७० लाख जनता प्रधानमन्त्री जन आरोग्य योजनाबाट लाभान्वित भएका छन् ।” कार्यक्रमबाट लाभ लिनेमध्ये एघार लाख नागरिक उत्तर प्रदेशबाट रहेका पनि उनले बताए ।

स्वास्थ्य क्षेत्रका लागि केन्द्रीय सरकारले पहिलो रोगनिरोधी कार्यक्रम, दास्रो व्यहोर्नसक्ने स्वास्थ्य सेवा र तेस्रो आपूर्तिका पक्षमा हस्तक्षेप रहनेगरी कार्यक्रम अघि सारेको उनको भनाइ थियो । यसको अर्थ स्वास्थ्य क्षेत्रका सम्पूर्ण मागलाई सुनिश्चित गर्ने रहनेछ । अन्तिममा सरकारले विशेष लक्षित खालको कार्यक्रममार्फत सेवा प्रदान गर्नेछ ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्री तथा भाजपाका श्रद्धेय स्वर्गीय नेता अटल विहारी बाजपेयीको जन्मदिवसका अवसरमा लोकभवनमा निर्माण गरिएको सालिकको अनावरण गरेका थिए ।

वि.सं.२०७६ पुस १० बिहीवार ११:४७ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...