back
CTIZAN AD

धेरै नसर्ने रोगको मुख्य कारण जंक फुड

वि.सं.२०७६ पुस १० बिहीवार

1.7K 

shares

छिमेकीका छोराछोरीको हातमा भएको भन्दा महंगो र आकर्षक खानेकुराको प्याकेट किन्न प्रतिस्पर्धा गर्छन्। स्कुल जाने क्रममा होस् वा कतै बजार जाने क्रममा अभिभावकले बच्चाको हातमा चाउचाउ कुरमुरेलगायतका प्याकेट थमाइदिने गर्छन्।

घरमै बनेका रोटी, हलुवा, चिउरा–तरकारी जस्ता खानेकुरा र भुटेको मकै, गहुँ खाजाका रूपमा स्कुल कलेज लैजाने भन्ने कुरा अचेल एकादेशको कथाजस्तै भएको छ। यस्ता खाजा स्कुल, कलेजमा लैजानु, खानु बालबालिका–किशोरकिशोरीका लागि लज्जाको विषय हुन्छ। बजारमा किनिएका रंगीबिरंगी खोल भएका गुलियो, नुनिलो खानेकुरा खाए इज्जत बढ्छ, ठूलो भइन्छ भन्ने भ्रम बालबालिकामा मात्र होइन कतिपय अभिभावकमा पनि देखिन्छ।

साथीहरूले रंगीचंगी खानेकुराका प्याकेट बोक्दा आफू घरका खाना लिएर जाँदा लाज हुने डर केटाकेटीलाई हुन्छ। अभिभावकहरू मात्रै के कम, उनीहरू आफ्ना छोराछोरीलाई अरुभन्दा कम भएको देखाउन चाहँदैनन्।

छिमेकीका छोराछोरीको हातमा भएको भन्दा महंगो र आकर्षक खानेकुराको प्याकेट किन्न प्रतिस्पर्धा गर्छन्। स्कुल जाने क्रममा होस् वा कतै बजार जाने क्रममा अभिभावकले बच्चाको हातमा चाउचाउ कुरमुरेलगायतका प्याकेट थमाइदिने गर्छन्। स्कुलका क्यान्टिनमा पनि बालबालिकालाई लोभ्याउनेगरी यस्ता खानेकुराका प्याकेट झुण्ड्याइएको हुन्छ।

शहरी क्षेत्रमा त आधुनिक देखाउन यो चलन चलेको छ। तर यो चलन अचेल यहाँ मात्र सीमित छैन, दुर्गम गाउँका कुनाकुना पुगिसकेको छ। घरमा उत्पादित मकै, गहुँ, कोदोजस्ता पोषिला अन्न बेचेर बच्चालाई बिस्कुट, चाउचाउ खान दिन्छन्, अभिभावक। गाउँघरमा बालबालिका पनि घरका भन्दा बजारका खाजामा अभ्यस्त भइसके।

केही समयअघि कर्णाली प्रदेश पुग्दा म अचम्मित भएँ। साना केटाकेटीहरू नामै नसुनेका साना चाउचाउ खाइरहेका देखिन्थे, जसको मूल्य पाँच रुपैयाँ राखिएको रहेछ। खोलेर हेर्दा अलिकति भुजिया र बदामको मिश्रण रहेछ। कहिले बनेको, कहाँ बनेको भन्ने पनि पत्तो छैन। पुरानो भएर ढुसी परेको पनि मतलब छैन।

बढ्दो आधुनिकता र बढ्दो व्यवस्तताका कारणले हो कि अचेल मानिसहरू आफूले के खाइरहेको छु, आफ्ना बालबच्चालाई के खुवाइराखेको छु भन्ने विचार पुर्याउन छाडेको अस्था छ। हामीले खाइरहेको खाना कतिको स्वस्थकर छ भन्ने कुरामा अधिकांश मानिस सचेत छैनन्। कतिपयले त हानिकारक हो भन्ने जान्दाजान्दै बजारका खानेकुरा ल्याएर आफू खाने र बच्चालाई पनि खुवाउने गर्दै आएका छन्। यो बानी पोषण वा बालबालिकाको वृद्धिविकासका लागि एकदमै हानिकारक हो।

जंक फुड अर्थात् पत्रु खाना। पहिलो कुरा त बजारका खानामा पोषण तत्त्व अत्यन्त कम हुन्छ। अर्को कुरा तिनमा प्रयोग भएका अत्यधिक नुन, चिनी र लामो समय जोगाउन प्रयोग भएका रसायन शरीरका लागि हानिकारक हुन्छ। बजारिया खानाले तत्काल शरीरमा प्रभाव देखाउँदैनन्। यिनले मन्दविषको काम गर्छन्। झन् शरीरको विकास हुन लागेका कलिलो हड्डी कमजोर बनाइदिन्छ।

यस्ता खानेकुरा सेवनले उनीहरूको शरीरमा रगतको कमी, क्याल्सियम कमीलगायत समस्या हुन्छ। क्षणिक रूपमा स्वादिलो भए पनि त्यसलेबालबालिकाको मस्तिष्कमा असर गर्छ। पढाइमा मन नगर्ने, भनेको नबुझ्नेजस्ता समस्या निम्तिन्छ। शारीरिक र मानसिक विकासमा अवरोध पुग्ने मात्र नभई जंक फुडको अत्यधिक सेवनले उच्च रक्तचाप, मुटुरोग, मधुमेहजस्ता दीर्घरोग सिर्जना हुन्छ।

वि.सं.२०७६ पुस १० बिहीवार ११:५१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...