back
CTIZAN AD

साकेला गाउँपालिकामा कृषि मेला प्रदर्शनी

वि.सं.२०७६ पुस १० बिहीवार

957 

shares

१० पुस, खोटाङ । साकेला गाउँपालिकामा कृषि मेला प्रदर्शनी शुरु भएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका कृषकलाई आधुनिक कृषि पेशाप्रति प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाको लगानीमा दुईदिने कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो ।

गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभञ्ज्याङमा सञ्चालन गरिएको ‘प्रथम कृषि मेला प्रदर्शनी’मा विभिन्न प्रकारका ११ कक्ष राखिएको छ । माछा, मौरी, तरकारीबाली समूह, खाद्यान्नबाली समूह, नगदेबाली समूह, फलफूलबाली समूह, पक्षीजन्य समूह, जरेबाली समूह, पशुबाली समूह र विविधबाली समूहकँ छुट्टाछुट्टै कक्ष राखिएको कृषि शाखा प्रमुख गणेश राईले जानकारी दिए ।

प्रदर्शनीमा गाउँपालिकाभरका १११ कृषकले आआफ्नो कृषि उपज दर्ता गराएको आयोजकले जनाएको छ । समूहगतरूपमा पौरखी कृषक समूह, डाँडाखर्क बहुउद्देश्यीय सरकारी संस्था, ट्याम्के कृषि सहकारी संस्था, हलेसी फुड भेराइटिज एण्ड प्रोडक्शन सेन्टर, साकेला नेपाली कागज उद्योग र सरस्वती मावि बाली विज्ञान समूह अध्ययन गर्ने विद्यार्थीले समेत छुट्टाछुट्टै कक्ष राखेका छन् ।

प्रदर्शनी समापनका अवसरमा पाँच उत्कृष्ट कृषकलाई नगदसहित पुरस्कार, बाली समूहअन्तर्गत फरकफरक कृषकलाई नगदसहित सम्मान र सहभागी सबै कृषकलाई नगदसहित प्रशंसापत्रका साथमा सम्मान गरिने प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले जानकारी दिए । गाउँपालिकाको लगानीमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनी अवलोकन गर्नेको भीड लागेको छ ।

कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्न गाउँपालिकाको लगानीमा प्रदर्शनी आयोजना गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । “कृषि पेशाप्रति पछिल्लो समय युवापुस्तामा वितृष्णा छाउँदै गएको छ”, उनले भने “आगामी दिनमा उनीहरुलाई कृषि पेशाप्रति प्रोत्साहन गर्दै आधुनिक कृषि प्रणालीको विकास गर्न कृषि मेलाको आयोजना गरिएको हो ।”

अन्नबाली थन्क्याइसकिएको र नयाँ बाली लगाउने समय शुरु नभएका याममा मेला आयोजना गरिएकाले सहभागीको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । प्रदर्शनीलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७६ पुस १० बिहीवार १२:०६ मा प्रकाशित

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...