आज पनि सानुबाबु सिलवालले पक्कै केहि न केहि लेख्दैछ भन्ने लाग्दो हो तपाइहरुलाइ । हो, आज पनि तपाइ हाम्रै जीवन कै अत्यन्त महत्वपूर्ण पाटो अबकाश रिटायर्डमेन्टका लागि काम लाग्ने खुराक पस्कदै छु तपाइहरुकै लागि ।
तपाइहरु जीवन चलेकै छ अमेरिकामा भन्ने हल्काफुल्का सोच बोकेर बस्दै हुनुहुन्छ । तपाइहरुलाइ अर्कैको चासो बढि छ आफ्नो भन्दा पनि । तर, त्यसो नगर्नु आइन्दा । कमसेकम आफना लागि, आफ्ना भबिश्यका लागि, बालबच्चा एबम परिवारको भबिष्यका लागि सोच्ने समय निकाल्नुहोला । मैले यति लेख्दा फोटा, शरिर र काम न काजका दर्शन घुमाएर दिन काट्ने जमातले भन्दा हुन सिलवालले बढि बोल्यो भनेर । समय, अबसर खेर फाल्ने जमातका लागि पनि आज तपाइहरुको अबकाश जीवन सुन्दर बनाउने, सुरक्षित बनाउने, आर्थिक रुपमा सबल र सुरक्षित बनाउनु होला आजैबाट नत्र तपऐको रिटार्यड लाइफ बर्बाद होला अमेरिकामा । यसका लागि तपाइ चिन्तित भएर मात्रै पुग्दैन ।
तपाइ कुन राज्यमा बसिरहनु भएको छ र त्यो राज्य तपाइको अबकाश लाइफ म्याच गर्छ कि गर्दैन ? एफोर्डेबल एबम अबकाश मैत्रि छ कि छैन ? जुन राज्यको नियम, बसाइ, हावापानी, रिटार्यड आफ्ना नागरिकहरुका लागि मैत्री एबम प्रिभिलेज छ कि छैन, बेनेफिटहरु के कस्ता छन भनेर हेर्नुहोस र यसै मुताबिक त्यस्ता राज्यहरुमा बसाइ सरि आफ्नो रिटार्यडमेन्ट लाइफ सुन्दर एबम शान्तिपुर्ण बनाउन सक्नुहुन्छ । धन्दा नमान्नुहोला आज तपाइहरुलाइ तपाइ हाम्रो अबकाश रिटायर्डमेन्ट लाइफमैत्री राज्य एबम उत्तम राज्यहरु कुन कुन हुन त्यसमा तपाइहरुलाइ ध्यानाकर्षित गर्न चाहन्छु ।
आजको लेखमा अमेरिकामा रिटायर्डमेन्ट अर्थात अबकाश जीवन जिउन उत्तम १० राज्यहरुको बारेमा लेख्दै छु र किन ति राज्यहरु उत्तम हुन त कारणहरु पनि उल्लेख गरिदिएको छु । पढेर आफुलाइ सुरक्षित र ढुक्क बनाउनु होला ।
अमेरिकाका १० उत्तम राज्यहरु रिटायर्डमेन्ट लाइफ जिउन, कारणहरु सहित ।
१) साउथ ढाकोटा
क) सस्तो र सहज राज्य
ख) लिभिङ्ग खर्च कम
ग) स्वास्थ्य खर्च सस्तो
घ) सस्तो करदर
ङ) राम्रो जलवायु
२) उटाह
क) करमैत्री
ख) स्वस्थ्य राज्य
ग) प्रशस्त सौन्दर्यपूर्ण स्थानहरु
घ) स्वस्थ हावापानी
३) आइडाहो
क) रिटार्यड सेभिङ्गमैत्री
ख) आम्दानी कर एफोर्डेबल
ग) लो क्राइम (कम अपराध)
घ) गुणस्तरिय स्वास्थ्य सेवा उच्च
ङ) नो ट्याक्स अन सोसियल सेक्युरिटी बेनेफिट
च) पैत्रिक एबम जायजेथामा कर नलाग्ने
छ) परिवार र बालबच्चा डिपेन्डेन्टहरुलाइ थप सुबिधा
४) न्युहेम्स्पायर
क) बिक्रि एबम सेवा कर शून्य(नो सेल्स एन्ड युज्ड ट्याक्स)
ख) कर शुन्य सोसियल सेक्युरिटी बेनेफिट र आम्दानीमा
ग) स्वास्थ्य सेवा गुणस्तरिय एबम उच्च
घ) न्यून अपराध
ङ) बुढापाकाका हेरचाह र सुरक्षाका लागि उत्तम राज्य
५) फ्लोरिडा
क) उत्तम हावपानि
ख) नो सेल्सट्याक्स
ग) नो ट्याक्स अन इनकम
घ) पैत्रिक एबम जायजेथामा शुन्य कर
ङ) बर्षभरि नै घमाइलो सनसाइन राज्य
६) मोन्टाना
क) जैबिकबिबिधता बायोडाइभरसिटि राज्य
ख) सौन्दर्यपूर्ण मनमोहक राज्य
ग) शान्त राज्य
७) नर्थ क्यारोलिना
क) गज्जबको हावापानी
ख) सस्तो एफोर्डेबल राज्य
ग) पायकपूर्ण राज्य
घ) कस्ट अफ लिभिङ्ग एफोर्डेबल
ङ) सोसियल सेक्युरिटि बेनेफिट र आम्दानीमा शून्य कर
च) सौन्दर्यपूर्ण हरियाली राज्य
छ) लगानीमैत्री राज्य
ज) पर्पर्टी आर्थिक हिसाबले पहुचपूर्ण राज्य
८) अलाबामा
क) गल्फ कोर्स राज्य
ख) उत्तम जलवायु राज्य
ग) सौन्दर्य एबम एफोर्डेबल राज्य
घ) कम स्वास्थ्य खर्च
ङ) सस्तो करदर
च) सोसियल सेक्युरिटी एबम आम्दानीमा शून्य कर
९) वाइमिङ्ग
क) तेल एबम खानी उधोग भएकाले प्रशस्तै बेनेफिट
ख) आर्थिक मजबुत राज्य
ग) सौन्दर्यपुर्ण राज्य
घ) बेनेफिटमैत्री राज्य
१०) हवाइ
क) नेचुरल ब्युटी
ख) एफिर्डेबल एबम गुणात्मक स्वास्थ्य प्रणाली
ग) ब्यबस्थित स्वास्थ्य प्रणाली
घ) महङ्गो बसाइ तर पिसफुल
अब कता सर्ने, कता बस्दा तपाइको अबकाश जीवन सहज र सजिलो हुन्छ भनेर कारण सहित लेखिदिएको छु । छनौट गर्ने, आफुलाइ समयमै सचेत र ब्यबस्थित गर्ने काम चाहि तपाइहरुकै ।
वि.सं.२०७६ पुस १० बिहीवार १४:०२ मा प्रकाशित






























