back
CTIZAN AD

फिलिपिन्समा आँधीका कारण १६ को मृत्यु

वि.सं.२०७६ पुस १० बिहीवार

594 

shares

१० पुस । फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत सेवा अवरुद्ध भएको थियो ।
मोबाईल फोन र इन्टरनेटको नेटवर्क बिहीबार बिहानसम्म पनि अवरुद्ध नै रहेको कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको जनाइएको छ ।

खोजी तथा उद्धार कार्यमा संलग्न अधिकारीहरुका अनुसार फिलिपिन्सको मध्य भागमा पर्ने भिसायासमा आएको आँधीबाट अहिलेसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आँधीका कारण भौतिक संरचनाहरुमा समेत क्षति पुगेको र सडकहरुमा पनि यातायातका लागि बाधा भएको बताइएको छ ।
त्यसैगरी विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै उडान सेवा रद्ध गरिएको विमानस्थलका कर्मचारीहरुले जनाएका छन् ।

फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । फिलिपिन्समा आएका आँधीहरु मध्ये सवैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो । उक्त समयमा ७ हजार ३ सय जनाको मृत्यु भएको थियो ।

वि.सं.२०७६ पुस १० बिहीवार १४:०० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...