back
CTIZAN AD

हेर्नुहोस् त अब वैदेशिक रोजगारीका सबै काम अनलाइनमार्फत

वि.सं.२०७६ पुस १७ बिहीवार

873 

shares

१७ पुस, काठमाडौँ । कामदार छनोटलगायत वैदेशिक रोजगारीमा जान चाहनेले सबै प्रक्रिया अनलाइनबाट पूरा गर्न सक्ने भएका छन्। वैदेशिक रोजगार विभागले जनवरी १ देखि पूर्वस्वीकृति, अन्तिम स्वीकृति, विज्ञापन, कामदार छनोटलगायत सम्पूर्ण प्रक्रिया अनलाइनबाटै सुरु भएको हो ।

नयाँ प्रक्रिया सुरु भएसँगै वैदेशिक रोजगार क्षेत्रका सबै काम कम्युटरमार्फत हुने भएको छ । यद्यपि, यसअघि आइसकेका मागपत्रमा पुरानै प्रणालीबाट हुनेछ । विभागले नयाँ प्रक्रिया सुरु गरेसँगै वैदेशिक रोजगार व्यवसायी उत्साहित भएका छन् ।

नयाँ प्रणालीको झन्झटमुक्त हुने र यसले सबैलाई हित गर्ने व्यवसायी बताउँछन्। विभागले बुधबारदेखि नयाँ मागपत्रको पूर्वस्वीकृति, अन्तिम स्वीकृति अनलाइनबाटै दिन सुरु गरेको छ ।

तर, यसअघि नै प्रक्रियामा रहेका मागपत्र पुरानै प्रक्रियाबाट अघि बढ्ने भएको छ । नयाँ व्यवस्थाअनुसार म्यानपावर व्यवसायीले ल्याएको मागपत्र प्रमाणीकरण गरी सम्बन्धित देशका राजदूतावासले वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड गर्नुपर्छ ।

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सफ्टवेयरमा आधारित अनलाइन प्रणाली हो । यसका लागि विभागले दूतावासलाई अपलोड गर्न मिल्ने व्यवस्था गरेको छ ।

अपलोड गर्नासाथ वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति दिन्छ । यसअघि म्यानपावर व्यवसायीले सक्कली कागजात बोकेर वैदेशिक रोजगार कार्यालय ताहाचल जानुपर्ने वाध्यता थियो। बुधबार मलेसियन दूतावासले अनलाइनमा म्यानपावर व्यवसायीले ल्याएको मागपत्र अपलोड गरिसकेको छ । बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ पुस १७ बिहीवार ०८:१६ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...