back
CTIZAN AD

६ विश्वविद्यालय उपकुलपतिविहीन , सर्च कमिटीलाई भयो सकस

वि.सं.२०७६ पुस १७ बिहीवार

738 

shares

१७ पुस, काठमाडौँ । चार विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न गठन भएको शिक्षामन्त्री नेतृत्वको सर्च कमिटी नै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीबाट नाम पर्खेर बसेको छ ।

सर्च कमिटी गठन गरेको महिनौँ बिते पनि प्रधानमन्त्री कार्यालयबाटै नाम नआउँदा सिफारिस हुन सकेको छैन । हाल ६ विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् ।

विश्वविद्यालय ऐनअनुसार उपकुलपति छनोट गर्न गत भदौमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको सर्च कमिटीलाई सकस भएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा कुलपति तथा प्रधानमन्त्री ओलीले कृषि तथा वनविज्ञान, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयको उपकुलपति छनोट गर्न सर्च कमिटी गठन गरेका थिए । कमिटीमा सम्बन्धित विश्वविद्यालयका सभासदस्यसमेत रहने व्यवस्था छ ।

गत भदौ पहिलो साता यी विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको थियो । राजनीतिक भागबन्डाले विश्वविद्यालयमा बेतिथि भएको भन्दै सक्षम व्यक्तिलाई उपकुलपति नियुक्त गर्नुपर्ने सुझाव सरोरकावालाले दिइरहेका छन् । सँगै रिक्त भएको त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भए पनि अन्य विश्वविद्यालयमा सिफारिससमेत भएको छैन । बिहीबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस १७ बिहीवार ०८:२७ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...