back
CTIZAN AD

५ वर्षे वी.ए.एल.एल. वी. प्रथम वर्षको परीक्षा तालिका सम्बन्धी सूचना

वि.सं.२०७६ पुस १७ बिहीवार

999 

shares

१७ पुस काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना प्रकाशित गरेको छ ।

कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने कानून संकायतर्फ ५ वर्षे वी.ए.एल.एल. वी. प्रथम वर्षका आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो ।

काठमाडौ उपत्यकाको परीक्षा केन्द्रः-  महेन्द्ररत्न क्याम्पस, ताहाचल ।

पृथ्वीनारायण क्याम्पस पोखराको परीक्षा केन्द्रः- पृथ्वीनारायण क्याम्पस, पोखरा ।

द्रष्टव्यः
१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।

२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि।वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।

३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो।प। मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।

४. प्रयोगात्मक परीक्षाका लागि आ-आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।

५.परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ।पु। तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।

७. परीक्षा भवनभित्र मोवाइल फोन जस्ता विद्युतीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरु साथमा लिएर प्रवेश गर्न पाइने छैन ।

८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि।वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्श कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।

९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

पुनश्चः
उक्त परीक्षाको परीक्षाफारम भर्न छुटेका परीक्षार्थीहरुले २०७६ माघ ५ गते सम्म दोब्बर दस्तुरमा सम्बन्धित क्याम्पसमा फारम बुझाउनु पर्ने छ र सम्बन्धित क्याम्पसले माघ ७ गते सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने छ ।

विस्तृत जानकारीका लागि  www.tuexam.edu.np     मा हेर्न सकिन्छ ।

परीक्षा नियन्त्रक

 

वि.सं.२०७६ पुस १७ बिहीवार १०:२२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...