१८ पुष, काठमाडौँ । नेपाल तेक्वान्दो संघले आगामी प्रतियोगिताहरुका लागि खेलाडीको खोजी गरेको छ ।
तेक्वान्दो खेलाडी बन्न इच्छुक महिला तथा पुरुष खेलाडीहरुको जानकारीका लागि संघले सूचना जारी गरेको हो । छनौट हुन सफल भएका खेलाडीहरुलाई संघले आवश्यक तालिमका साथै अन्य सेवासुविधाहरु समेत उपलब्ध गराउने सूचनामा जनाइएको छ ।
खेलाडी बन्न चाहने महिला खेलाडीको योग्यताको हकमा उचाई कम्तीमा ५ फिट ६ इन्च हुनुपर्ने, १८ वर्ष ननाघेको, शारीरिक रुपमा स्वस्थ हुनुपर्ने र खेलकुद सम्बन्धी रुचि भएको हुनुपर्ने भनिएको छ भने पुरुष खेलाडीको हकमा कम्तीमा ६ फिट हुनुपर्ने, १८ वर्ष ननाघेको, शारिरीक रुपमा स्वस्थ्य र खेलकुदसम्बन्धि रुचि भएको हुनुपर्ने बताइएको छ ।
वि.सं.२०७६ पुस १८ शुक्रवार १५:४५ मा प्रकाशित





























