back
CTIZAN AD

भइसकेको ठेक्का ब्यवस्थापनमा कानुन संसोधनले असर पार्दैन

वि.सं.२०७६ पुस १९ शनिवार

777 

shares

करार ऐन बमोजिम कुनै पनि ठेक्का सम्झौता गरिसकेपछि ठेक्का करार शर्तनामामा उल्लेखित शर्त बमोजिम सबै सुविधा ठेक्का दिने मुलुक वा पक्षले मान्नै पर्छ । ठेक्का लागिसके पछि अन्य कुनै कानुनको हवाला दिएर काम लाग्दैन, ठेक्कामा जे जे लेखिएका शर्त वा बुँदा छन् ती लागू हुन्छन् । ठेक्का लगाउनेले गल्ति गरे उ दोषको भागी हुन्छ । बरू ठेक्का कार्यान्वयन गर्नेले ठेक्का शर्त लागू नगरे उ दोषी बन्छ । भइसकेका ठेक्कामा नानाथरिका ऐनकानुनका संसोधन वा ब्यवस्था हवाला दिएर ठेक्कालाई अवरूद्ध वा प्रभावित गर्न सकिदैन ।

त्यसरी अवरूद्ध गरेमा ठेकेदारले क्षतिपूर्ति माग सहित मध्स्थता अदालतमा मुद्दा दायर गरेर ठेक्का रकम भन्दा कैयन गुणा बढी क्षतिपूर्ति भराउने माग गर्दै एकपक्षीय ठेक्का तोडेको सूचना दिन सक्छ ।

त्यसैले सम्झौता गरिसकिएको ठेक्का व्यवस्थापन केटौली खेल हैन, पक्षहरूका निम्ति ठूलो जोखिम र दायित्व हो । केटौली बुद्धिका अधिकारीहरूका लागि ठेक्का व्यवस्थापन भालुको कन्पारो हुन सक्छ, जिस्कने बिषय हैन ।

ठेक्कामा करार र करारका शर्तहरू मात्र लागू हुन्छन् । गवाँरहरू अनेक कुरा गरेर कानुनलाई बहाना बनाएर कानुनहरू संसोधन गरेर दुनियाँमा भ्रम फैलाउछन्, उल्लु बनाउन प्रयत्न गर्छन् । करारको आँखाले अरू कुनै कानुनलाई देख्दैन देख्न सक्दैन र देख्न हुदैन । करार भईसकेपछि त्यो कि कार्यान्वयन गर्नुपर्छ, कि तोड्नुपर्छ । तोड्दा जुन पक्षको गल्ति हुन्छ त्यसले ठेक्का रकम बराबरसम्मको क्षतिपूर्ति अर्को पक्षलाई तिर्नुपर्ने हुनसक्छ । त्यसमाथि तिर्नुपर्ने रकम भुक्तानी तोकिएको समयसिमा भित्र नगरेमा चक्रवर्ती व्याज सहितको क्षतिपूर्ति भर्नुपर्छ । मध्यस्थ वा अन्तर्रा्ष्ट्रिय अदालतमा मुद्दा मामिला गर्दा पक्षले विश्वस्तरीय महंगा वकिलहरूलाई हायर गर्दा करोडौंको फिस तिर्नुपर्ने हुन्छ । ठेक्का सम्झौता हुनु भनेको एकतर्फि मिसाईल दागे जस्तो हो, दाग्यो कि कुरा खत्तम ।

लागिसकेको ठेक्का सम्झौताका शर्तमा भए बमोजिम अघि बढ्छ, सरकारले त्यसपछि के के कानुन परिवर्तन गर्दै जान्छ, त्यसले असर गर्दैन, त्यसमा चाँसो हुदैन । त्यस बमोजिमको प्रतिकूल शर्त वा कुनै काम ठेकेदारलाई मान्य पनि हुदैन । करार भनेको पहिल्यै तय भएको पक्षहरूबीचका शर्त बमोजिम काम गर्ने भनिएको करार ऐन बमोजिमको शर्तनामा हो । त्यसो नभए त्यो करार नै हुदैन । खरिद ऐन नियमावलीसँग भइसकेको ठेक्का मतलब हुदैन । ठेक्का वा अरू कुनै करार खरिद ऐन नियमले हैन, करार ऐन नियम र सम्झौताका शर्त बमोजिम संचालित हुन्छन् । करार गर्नुअघि मात्र खरिद वा अन्य प्रचलित ऐनका शर्तहरू सम्झौतामा समाबेश गरिएको हुनुपर्छ । यसमा विवाद आएमा विवाद निरोपण बोर्डले वा मध्यस्थता ऐन नियम बमोजिम निरूपण आयोग वा ट्रिबुनलले हेर्ने हुन्छ र तिनकै निर्णयानुसार कार्यवाही हुनुपर्ने हुन्छ । सार्वजनि ठेक्कामा सरकार त करारको एक पक्ष मात्र हो, सरकारले पछि पछि नयाँ नयाँ ऐन नियम बनाएर सम्झौता पश्चात कुनै कुरा अर्को पक्षमाथि लाद्न सक्दैन । खरिद नियमावलीको पटक पटकका संसोधनले पहिलै भएगरेका सम्झौताका समस्या समाधान गर्दैन, बरू सरकारी अधिकारीहरूको ठेक्का ब्यवस्थापनमा अनावश्यक हातबाध्ने र अन्यौलता थप्ने काम मात्र गर्दै जाने हुन्छ । र, ठेक्का ब्यवस्थापनमा अराजकताको वातावरण जन्माउदै गएर झन् भड्खालोमा जाकिदै जान्छ ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

गरिब जनताको नासो बनोस् नेपाल ट्रष्टको आम्दानी

वि.सं.२०७६ पुस १९ शनिवार ०९:१० मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...