back
CTIZAN AD

अष्ट्रेलियामा भएको वास्तविकता यस्तो थियो

वि.सं.२०७६ पुस २३ बुधवार

729 

shares

अष्ट्रेलियाका सिड्नीमा व्यवसाय गरिरहेका महेन्द्र कुमार लम्सालले ‘अष्ट्रेलियामा नेपाल भ्रमणको कार्यक्रममा रोक ’ भन्ने शिर्षकमा आएको समाचारमा सत्यता नभएको बताएका छन् ।

उनले अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको कार्यक्रम गर्नमा रोक लगाएको भन्ने समाचारमा कुनै सत्यता नभएको आफ्नो तर्फबाट यथार्थ कुरा बताएका छन् ।उनले यथार्थमा के भएको थियो त भन्ने बारे सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले लेखेका छन् :
“अस्ट्रेलियामा बस्ने केहि “मध्यम बर्गीय” नेपालीहरु र नेपाली मुलका अस्ट्रेलियनहरु यति स्वाँठ, नकारात्मक र आत्मघाती छन् भन्ने मैले कल्पनासम्म पनि गरेको थिईन, आफ्ना देशका मन्त्रिलाइ सामाजिक संजालमा खुईल्याएर उनिहरु यहाँ आफ्नो इज्ज्यत खोज्दै छन् ।

बास्तविकता के हो ?
विदेशस्थित नेपाली नियोगहरु र सम्बन्धित देशका एनआरएनएसंग मिलेर जनवरी ७ का दिन बिश्वब्यापी रुपमा नेपाल भ्रमण बर्ष २०२० सुभारम्भ गर्ने घोषणा नेपाल सरकारले गरेको थियो। त्यसै अनुरुप अस्ट्रेलियामा पनि कार्यक्रम आयोजना भयो र सम्पन्न पनि भयो।
विश्वभरी एकै साथ आयोजना गरिएको यस्तो कार्यक्रममा अस्ट्रेलियामा हाम्रा पर्यटन मन्त्रिको उपस्थिति हुनु हामि सबैलाइ गौरवको कुरा पनि थियो । पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्रि योगेश भट्टराई आउने पक्का भयो र यता अस्ट्रेलिया आगलागीको चपेटामा परिरहेको थियो। थुप्रै मानिसहरुले विभिन्न सुझाव दिए तर पुर्व निर्धारित कार्यक्रमलाइ रद्द गर्न भन्दा पनि अलि फरक ढंगबाट जादा राम्रो हुने ठहर गरि आयोजकहरुले त्यसै अनुरुप नेपाल भ्रमण बर्ष सुभारम्भ गर्ने निर्णय गरे।

अस्ट्रेलियामा परेको पिडा प्रति नेपाल सरकारको एक्याबद्दता, मौन धारण र शान्ति र्याली गरेर नै कार्यक्रम सम्पन्न भएको थियो। त्यो व्यबहारिक र समय सापेक्ष नै थियो। आगलागीको आर्तनाद बीचपनि अस्ट्रेलियन हरुले २०१९ लाइ आतिसबाजी गरेरै बिदाइ गरेका थिए।
जब सिड्नीको “सर्कुलर कि” नजिकैको कस्टम हाउस अगाडी औपचारिक शुभारम्भ सम्पन्न भयो त्यस पछि अपेरा हाउसको प्रांगणसम्म ब्यानर लिएर जाने निर्णय भएछ र मानिसहरु त्यतैतिर लागे। मन्त्रि योगेश भट्टराई संगै ब्यानर लिएर गएको समूह अपेरा हाउस नजिकै पुग्दा त्यहाँका सेक्युरिटी गार्डले प्रोमोशानल कार्यक्रमकोलागि पुर्व सूचना लिनु पर्छ भन्ने जानकारी दिए। ठिकै छ, जान नपाइने भए ब्यानर लिएर नजाउ, औपचारिक कार्यक्रम त सम्पन्न भैसकेको हो, मानिसहरु जहाँसम्म जान मिल्यो गए, अनि फर्किए, बस, कुरा यति नै हो ।

यति हुँदै गर्दा जो मानिसहरु नेपाल भ्रमण वर्ष मनाउने क्रममा सुरुदेखि नै नकारात्मक थिए उनि हरुलाई दशैँ आए जस्तो भयो। सेक्युरिटी गार्डहरुले “पुर्व अनुमति लिनु पर्छ” भन्दै गर्दा केहि मानिसहरु त्यहाँ चमक चुमुक गर्दै थिए र मलाई थाहा थियो कि अब यिनीहरुले मसला पाए, नभन्दै त्यै भयो ।

नेपालीको इज्यत गयो रे, पुरै रोइलो सामाजिक संजालमा !
ए हजुर कसरि गयो इज्यत ? अपेरा हाउसमा जान नपाउदैमा इज्यत गयो ? एकछिन घोत्लिएर सोच्नुस त रु देश सम्बृद्ध नहुन्जेल हामीलाई संसारमा कसले इज्यत देला ? अनि तपाईले विदेशमा बसेर मातृभूमिलाइ गाली गरेर नेपालको इज्यत बचाउने काम गर्नु भो ? “मातृभूमि” भनेको माटो मात्र होइन, त्यहाका नागरिकहरु हुन्, जनताले चुनेर पठाएका हाम्रो प्रतिनिधित्व गर्ने सरकारका प्रतिनिधि हुन्, अनि उनिहरुलाई खुइल्याउने दुष्प्रयास गरेर तपाईले चै राम्रै इज्यत कमाउनु भो !

यस्तो खालको सोच र व्यवहारले हामिलाइ कहिँ पनि पुर्याउदैन। एनआरएनए सम्मेलनताका विदेशमा बस्ने नेपालीहरुले एयरपोर्टदेखि हायात होटलसम्म देखाएको हर्कत हुदै विदेशमा झाँगिएको राजनीतिक गुट र उपगुटको एजेरुले विदेशमा बस्ने नेपालीहरु प्रति नेपाल सरकार र नेपालीहरुको सोचमा पनि त्यस्तै खालको बितृष्णा पैदा भएको सत्यतालाइ हामीले स्वीकार्ने पर्छ। कार्यक्रम हुदै गर्दा कस्टम हाउस कै प्राङ्गणमा एक जना प्रभावशाली नेपाली कांग्रेश कि नेतृ हामी संगगफ गर्दै भनिन “योगेश राम्रा मान्छे हुन् तर टाइमिंग राम्रो होइन”। गफ कै सिलसिलामा उनीले अमेरिकाका नेपालीहरुको व्यवहार प्रति तिक्तता पोखिन र अब नेपालीले बोलाएर विदेश नजाने पनि भनिन ।

समग्रमा भन्नु पर्दा यस्तो नकारात्मक र विभाजित व्यवहारका कारण विदेशमा बस्ने नेपालीहरु प्रति नेपाल सरकारको सोच बदलिन सक्छ ।त्यतिबेला हाम्रा अग्रजहरुले एनआरएनए मार्फत उचाईमा पुर्याएको “एक पटकको नेपाली, सधैको नेपाली” अभियान ओझेलमा पर्नेछ। र हामीले हाम्रो साझा अभियान मात्र होइन प्रवासमा हुर्कदै गरको हाम्रो अर्को पुस्ताप्रति पनि गैरजिम्मेवार बनेको देखिने छ। तसर्थ, हाम्रा हरेक क्रियाकलापहरुमा हामि जिम्मेवार बनौ, लेख्न आउछ भन्दैमा संवेगमा आएर सामाजिक संजालमा त्यति धेरै नकारात्मक नबनौ, सबैको जय होस् !”

वि.सं.२०७६ पुस २३ बुधवार ०९:०२ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...