back
CTIZAN AD

भ्रमण बर्ष : पर्यटक छिर्ने ठूलो ढोका

वि.सं.२०७६ पुस २४ बिहीवार

777 

shares

हामी भ्रमण बर्ष २०२० मा प्रवेश गरेका छौँ । सरकार, राज्यका अन्य संयन्त्र, राजनैतिक दल र सबै सरोकारवालाहरूको चासो, चिन्ता र उत्सुकता बढेको छ । यसैबेला प्रसिद्ध म्यागेजीन फोब्र्सले भ्रमण गर्न उपयुक्त प्रथम मुलुकका रुपमा नेपाललाई घोषणा गरेको छ । यसले स्वदेश तथा बिदेशमा रहेका नेपालीलाई थप उत्साहित बनाएको छ । प्रविधि, सञ्चार, विश्व अर्थतन्त्र र व्यवसायका विविध पक्षमा उक्त प्रकाशनले गर्ने वकालतले विश्व सञ्चारलाई प्रभाव पार्ने गरेको कारण उक्त सूचीकरणलाई विश्वले महत्व दिइने निश्चित छ ।

पर्यटन क्षेत्र नेपालको समृद्धिको एक महत्वपूर्ण मेरुदण्ड हुँदाहुँदै पनि यो क्षेत्रको विकास अपेक्षित रुपले हुन नसकेको, अतिथि सत्कारको सँस्कृतिका विषयमा खोज अनुसन्धान र नेपाली मौलिकताको प्रबर्धनमा कमिको महशुस भएको, नीजि क्षेत्र प्रोत्साहित नभएको, घोषणा गरिएको संख्यालाई राम्रो व्यवस्थापन गर्न विमानस्थल र होटल सेवा पर्याप्त नभएको, पर्यटनका विभिन्न पाटाहरूलाई वर्गीकरण नगरी
छ्यासमिस गरिएको, कूल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत एक्लैको सम्भाव्यता रहेको पर्यटन क्षेत्रलाई राम्रोसँग आत्मसाथ गर्न नसकिएको, पर्यटन सेवा प्रबद्र्धनमा बैंकहरू सेवामैत्री नभएको, पर्यटकहरूको आफ्नै ‘गेट वे पेमेन्ट’ हुने गरेको, विमानहरू आकाशमै होल्ड हुने र डिले हुने गरेको, पर्यटन उद्योगमा अझै प्रशासनिक जटिलता रहेको, राजदूतहरूले पर्यटकीय व्यवसायिकतामा ध्यान पु¥याउन नसकेको, आफ्नो स्रोत र सम्पदाको सहि चिनारी गराउन नसकिएको, पर्यटकको सुरक्षामा विश्वास दिन नसकिएको, प्रचारप्रसारका लागि रकमको सहि सदुपयोग हुन नसकेको, खाडी क्षेत्रमा अरबी भाषाका प्रचार सामाग्री पुगेको नदेखिएको र विदेशमा बस्ने नेपालीहरूलाई उत्प्रेरित गर्न नसकिएको जस्ता सवालमा हामीलै छलफल गर्दै आएका छौं ।

थोरै लगानीमा पनि धेरै उपलब्धि हासिल हुने तथा सम्भावनै सम्भावना बोकेको पर्यटन क्षेत्रको महत्वलाई अझ बढी बुझाउन सरकारी संयन्त्र, राजनैतिक दल, नागरिक समाज, पर्यटन व्यवसायी र सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल नियमित गर्दै राज्यको अपनत्व र लगानी बढाउन आवश्यक प्रक्रिया अघि बढाउने, विदेशस्थित नेपाली राजदूतावासहरूलाई मर्मबोध गराउने तथा सम्बन्धित देशमा रहेका नेपाली संघसंस्था तथा व्यक्तिहरू मध्येबाट उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन एवम् सम्मानको समेत व्यवस्था गर्ने, सो कामका लागि सफ्ट्वेयरको व्यवस्था गर्ने र विदेशमा रहेका नेपालीलाई पर्यटक पठाउन उत्प्रेरित गर्ने काममा ध्यान बढाउन जरुरी छ । यसैगरी हाल रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकमैत्री सेवा बढाउने र निर्माण हुन लागेका विमानस्थलमा सञ्चालन अगावै तयारी गर्ने, पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि भएको खर्च प्रभावकारी बनाउन पुनरावलोकन गर्ने, महत्वपूर्ण विदेशी मेडियाका सम्पादक÷रिपोर्टर तथा महत्वपूर्ण स्टारहरूलाई खर्च गरेर ल्याएर पनि पर्यटक संख्या बढाउने रणनीति तयार गर्ने, नजिकै रहेको खाडी(गल्फ) क्षेत्रबाट सम्भावित धनाढ्य पर्यटक भित्र्याउन बेग्लै रणनीति तयार गर्ने, पर्यटकका क्षेत्र (धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक र व्यवसायिक) विभाजन गरी सोही अनुसारको प्रबर्धन रणनीति बनाउन अझै ध्यान पु¥याउनु पर्ने लगायतका आवश्यकतालाई मनन गर्न सके यो भ्रमण बर्षमै पर्यटक पस्ने ठूलो ढोका उघारीने छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार १३:४१ मा प्रकाशित

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...