back
CTIZAN AD

डुङ्गा दुर्घटनामा कम्तीमा १२ आप्रवासीको मृत्यु

वि.सं.२०७६ पुस २७ आइतवार

840 

shares

२७ पुस, एथेन्स ।  भूमध्यसागरीय क्षेत्रमा शनिबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा १२ आप्रवासी शरणार्थीको मृत्यु भएको ग्रीसका सामुद्रिक सुरक्षा अधिकारीले बताएका छन् ।

पश्चिमी ग्रीस र इटालीको दक्षिणमा भूमध्यसागरलाई जोड्ने सहायक इयोनियाली समुद्र हुँदै आप्रवासीको एक समूह इटालीको पासीतर्फ आउँने क्रममा डुङ्गा दुर्घटना भएको हो । डुङ्गामा कम्तीमा ५० जना रहेका बताइएको छ । ग्रीक सामुद्रिक अधिकारीका अनुसार २० भन्दा बढी व्यक्तिलाई सकुशल उद्धार गरिएको छ भने शनिबारसम्म उद्धारकार्य जारी रहेको छ ।

“अहिलेसम्म १२ मृत शरीरलाई समुद्रबाट बाहिर निकालिएको छ भने २० जनाभन्दा बढी व्यक्तिलाई सकुशल उद्धार गरिएको छ”, ग्रीक अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घाइते अवस्थामा उद्धार गरिएका तीन जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि नजिकको अस्पतालमा पठाइएको छ ।

उक्त मार्ग सामान्य डुङ्गामा यात्रा गर्नका लागि जोखिमयुक्त मानिन्छ तर गरिबी र द्वन्द्वका कारण केही खाडी राष्ट्र र एशियाली मुलुक र अफ्रिकी मुलुकबाट आउने शरणार्थीहरूले उक्त मार्गको प्रयोग गरी युरोप प्रवेश गर्ने गरेका छन् । असुरक्षित डुङ्गा यात्राका क्रममा उक्त क्षेत्रमा हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०१९ मा समुद्रको बाटो ग्रीस पुग्ने व्यक्तिको सङ्ख्या ५५ हजार पुगेको छ भने १४ हजार व्यक्ति टर्की हुँदै जङ्गली मार्गबाट युरोप पुगेका छन् ।

ग्रीसको नयाँ अनुदारवादी सरकारले जोखिम मोलेर ग्रीस पुगेका शरणार्थीलाई धान्न नसक्ने भन्दै ग्रीस छिर्ने नाकामा कडाइ गरिदिँदा उनीहरूले थप जोखिम मोलेर यात्राका लागि असुरक्षित घोषणा गरिएका क्षेत्रबाट प्रवेशका लागि प्रयास गर्ने गरेका छन् । फलतः उक्त क्षेत्रमा दैनिक जस्तो आप्रबासी शरणार्थी बोकेर आउने डुङ्गाहरू दुर्घटनामा पर्ने गरेका छन् ।

वि.सं.२०७६ पुस २७ आइतवार ०८:४५ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...