back
CTIZAN AD

जापानका तीन संस्थाद्वारा पत्रकार थापा र जनप्रतिनिधी भण्डारी सम्मानित

वि.सं.२०७६ पुस २७ आइतवार

771 

shares

२७ पुष, जापान । जापान भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा ‘सन्देश’ लाई ओसाकामा विभिन्न संघ संस्थाले सम्मान गरेका छन् ।

गलकोट समाज जापान क्षेत्रिय समिति कान्साई, जनसम्पर्क समिति जापान कान्साई र स्टार ग्रुप ओसाकाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरि सम्मान गरेका हुन् ।

एक दशकदेखि पत्रकारिता मार्फत समृद्व समाज निर्माण गर्न उल्लेख्य भुमिका खेलेको भन्दै पत्रकार थापालाई खादा, उपहार र सम्मान पत्रद्वारा सम्मान गरिएको गलकोट गलकोट समाज जापान क्षेत्रिय समिति कान्साईका सल्लाहकार सुमिट खत्रीले जानकारी दिए ।

पत्रकार थापा बागलुङमा रहेर एक दशकदेखि पत्रकारितामा सकृय रहँदै आएका छन् । उनी विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्व रहेर सामाजिक अभियान्ताको रुपमा काम गर्दै आईरहेका छन् ।

सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामु र शाखाको निमन्त्रणामा पत्रकार थापा अहिले जापान भ्रमणमा रहेका छन् ।

सो अवसरमा गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता हिम बहादुर भण्डारी हेमन्त पनि सम्मान गरिएको छ । २०७४ को स्थानिय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष भण्डारीले समृद्व गलकोट निर्माणमा पुराएको योगदानको कदर गर्दै खादा, उपहार र सम्मान पत्रद्वारा सम्मान गरिएको जनसम्पर्क समिति जापानका प्रतिनिधी यदुराम सापकोटाले बताए ।

जापान भ्रमणको सिलसिलामा रहेका भण्डारीलाई ३ वटा संस्थाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रम पछि बोल्दै गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जापानको विकास समृद्वि र यहाँको राम्रो पक्षलाई नेपालमा अनुसरण गरि कडा मेहनत र अनुसासन पालना गर्न सके देशलाई विस्तारै समृद्विको बाटोमा अगाडी लैजान सकिने बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद पत्रकार थम्मन थापाले जापानको स्थलगत अवलोकनले धेरै कुरा अध्ययन गर्ने अवसर प्राप्त भएको बताए ।

सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा अझै जिम्मेवारी बन्दै कार्य सम्पादन गर्न सम्मानले थप प्रेरणा प्रदान गरेको पत्रकार थापाको भनाई छ ।

जिग्री दोहोरी साँझ ओसाकामा आयोजित कार्यक्रममा एन आर एन ए आई सि सी सदस्य तुलसीराम खरेल, गलकोट समाज जापानका संस्थापक एवं संरक्षक हर्क थापा, संरक्षक आत्मराम गैरे, गलकोट समाज जापानका सल्लाहकार जगत थापा, एन आर एन कान्साईका उपाध्यक्ष दिलिप शर्मा र उपाध्यक्ष हरि कँडेल, गैरे सेवा समाज जापानका पदाधिकारीहरु, बिहिँकोट समाज कान्साईका पदाधिकारीहरु, गलकोट समाज जापान क्षेत्रिय समिति कान्साई, जनसम्पर्क समिति कान्साई र स्टार ग्रुप कान्साईका कार्यसमिति पदाधिकारीहरु, सल्लाहकारहरु, शुभेच्छुकहरु लगायतको उपस्थिती रहेको थियो ।

वि.सं.२०७६ पुस २७ आइतवार १६:२१ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...