back
CTIZAN AD

सदनतिर हेर्दा

वि.सं.२०७६ पुस २७ आइतवार

759 

shares

कतै छाला धोई नियत सुकिलो हुन्छ र बरा
भए चाला उस्तै नवयुग भनी भेट्दछ कहाँ
उही थोत्रो डुङ्गा ढलपल गरे डुब्छ अव ता
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (१)

सवै खोस्टा खोस्टा अवकलनको सम्भव कहाँ
सधैँ उस्तै जोडा हुलहुल पसे निर्णय जहाँ
उही चर्को भाषा प्रदुषण गरे व्योम सरिता
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (२)

कुनै मान्छे बोले फरकपनले घुर्दछ अति
र तर्साई सारा युग युग अहो गर्दछ खति
चुनी आए सारा तर पनि बने सौम्य भरिया
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (३)

उता पार्टीभित्रै दिनदिन लडे खोस्नुछ पद
कहाँ गुणी मान्छे अबुझ शठका झुण्ड छ सव
सवै स्वार्थी स्वार्थी अकुत धनमै गर्छ रमिता
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (४)

कतै नेपालीको सुखसयलको आस छ भने
कतै छिट्टै ठूला सगर पुगिने आस छ भने
कहाँ होलान् हाम्रा जलधि नभई फाँट रसिला
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (५)

अझै नेपाली हो गुपचुप बसे दुख्छ गरिमा
र नेपाली माटो करुण रसमा चढ्छ बलिमा
नबुझ्दा बेलैमा अतित पलको घट्छ महिमा
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (६)

वि.सं.२०७६ पुस २७ आइतवार १६:१० मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...