back
CTIZAN AD

आमा !

वि.सं.२०७३ मंसिर २३ बिहीवार

1.7K 

shares

netra-atem

बेहोसीमै तिमीले जन्माएको
समयको एक टुक्रा आकाश हुँ म
हिँडेर
नटिपिएका भोगाइहरु
नपचाइएका दृश्यहरु
नछामिएका चाहनाहरु
हेर त
कसरी फुल्दोरैछ रहस्यको यात्रा !
रगतको आहालबाट टिपेर
पुछेकी थिइनौ तिमीले मेरो शरीर
बरु गरेकी थियौ
सहस्र रहस्यहरुको अनावरण
आमा !
त्यो ‘म’ नै थिएँ र !
बाल्यकालकै हो मेरो मुटु
अहिले पनि
कतै परिवर्तन गरेको छैन मैले
र त
पहिलोपटक आँखा खोलेको बेलाको जस्तै
सुन्दर लाग्छ अहिलेको हरेक क्षण
अनि
उत्तिकै सुन्दर यो संसार पनि
तर एउट प्रश्नले भने छोइरह्न्छ बार्म्बार
तिमीले मलाई
यो जन्ममा
अद्भुत दृष्टि दिएकी हौ के अनन्त दृश्य?

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०६:१७ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

कविता : सखी

कविता : सखी

कल्पना अधिकारी,टोखा, काठमाडौँ साथ तिम्रो मिलेकैले जिएकी छु म कल्पना...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

कविता : परमेश्वर हुन् बाबु र आमा

कविता : परमेश्वर हुन् बाबु र आमा

कविराज घिमिरे चाँगुनारायण , भक्तपुर तोय पिलाए ज्ञान दिलाए शैक्षिक...

कविता : सानो नमस्कार छ

कविता : सानो नमस्कार छ

हिरा भट्ट"बदमास नम्बर दुई" पञ्चेश्वर-६, बैतडी ढिस्कानो गुटको फलानु कविका...