back
CTIZAN AD

टर्कीको सेना लिबियामा पुगिसकेको एर्दोगानको भनाइ

वि.सं.२०७६ माघ ३ शुक्रवार

756 

shares

३ माघ, अङ्कारा ।  टर्कीले लिबियामा आफ्नो सेना पठाउन थालिसकिएको र उसले संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त त्रिपोलीस्थित राष्ट्रिय सहमतिको सरकार (जीएनए) लाई सघाउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार बताएका छन् ।

एर्दोगानले अङ्कारास्थित बेस्टेपे नेशनल कँग्रेस तथा सांस्कृतिक केन्द्रको वार्षिक मूल्याङ्कन सभामा भने “हामीले सेनालाई लिबियातर्फ पठाइरहेका छौँ । टर्कीको सेनाले लिबियामा रहेको वैधानिक सरकारलाई सहयोग गर्नेछ र लिबियामा स्थायी शान्ति तथा राजनीतिक स्थायित्वका लागि काम गर्नेछ । हामीले लिबियामा राजनीतिक, व्यापारिक, मानवीय, कूटनीतिक र सैन्य सुविधालगायतका सम्पूर्ण सेवालाई प्रत्याभूत गर्दै आफ्नो सम्पूर्ण उपायहरू परिचालन गर्नेछौँ ।”

सम्बोधनमा एर्दोगानले भने, “टर्कीले लिबियाको पूर्वी भूमध्यसागरीय क्षेत्रबाट सैन्य अभ्यास तथा अनुसन्धानलाई जीएनए सरकारसँगको सहमतिअनुरूप छिट्टै काम शुरू गर्नेछ । शुरूमा टर्कीको ओरूक रैस युद्धक विमानले भौगोलिक अध्ययन गर्नेछ ।”
टर्कीले लिबियामा जारी द्वन्द्व अन्त्यका लागि राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त सरकारसँग गत नोभेम्बरमा दुई सम्झौता गरेको छ । स्थल तथा जल सेनाका लागि सैन्य सहयोगमार्फत लिबियाली संयुक्त सरकारका प्रधानमन्त्री फायज अल–साराजलाई सहयोग पु¥याउने टर्कीले जनाएको छ ।अङ्काराले एक हप्ता पहिले नै सैनिक समूहहरूलाई पठाउन शुरू गरेको छ ।

सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनका भरमा तत्कालीन शासक मोहमर गद्दाफीलाई पदच्यूत गरी हत्या गरिएपछि लिबियामा जीएनएले त्रिपोली क्षेत्र हेर्दै आएको छ भने खालिफा हफ्तरद्वारा नेतृत्व गरिएको गद्दाफीको समर्थनमा रहेको लिबियाली राष्ट्रिय सेना –एलएनए)को सहयोग प्राप्त समूहहरूले पेट्रोलियम पदार्थका लागि सम्पन्न मानिने देशको पूर्वी क्षेत्रलाई हेर्दै आएको छ ।

वि.सं.२०७६ माघ ३ शुक्रवार ०९:१९ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...