back
CTIZAN AD

इराकमा भएको क्षेप्यास्त्र आक्रमणमा ११ घाइते

वि.सं.२०७६ माघ ३ शुक्रवार

657 

shares

३ माघ ।  इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ ।

गत हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार जनाएको हो ।

अमेरिकी सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु भने नभएको स्पष्ट पारेको छ ।

अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कप्तान बिल अर्बनले जारी गरेको विज्ञप्तिमा घाइतेहरुको अवस्थामा सुधार आइरहेको उल्लेख गरिएको छ ।

इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदला स्वरुप इराकको पश्चिमी प्रान्त अन्बर, इर्बिल र अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानी पक्षले दाबी गरेको थियो ।

इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाब बढेको छ । इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् ।

वि.सं.२०७६ माघ ३ शुक्रवार १४:५९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...