back

महाअभियोग प्रस्ताव पारित नभएमा संयुक्त राजिनामा दिने

वि.सं.२०७३ मंसिर २३ बिहीवार

678 

shares
GLOBAL IME AD
NTC AD

२३ मङ्सिर,सोल। दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा यहाँको राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरुले राजिनामा दिने भएका छन् ।

राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दल–मिन्जु पार्टीका संसदिय नेता (फ्लोर लिडर) ऊ साङ्गहोले राष्ट्रपतिविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसदबाट पारित नभएमा आफ्ना पार्टीका सबै सांसदहरुलाई राजिनामा दिनका लागि बाध्यात्मक आदेश (ह्विप) जारी भएको जानकारी दिनुभयो ।

साथै, महाअभियोग प्रस्ताव पारित नभएमा सबै बिधायकले पद त्याग्नमा पार्टीका सबैजसो वरिष्ठ नेता सहमत भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

सबै सांसदले पार्टी नेतृत्वसमक्ष एकमूष्ट संयुक्त राजिनामा गर्नुअघि शुक्रबार नै एक सङ्कटकालिन बैठक बस्ने पनि दक्षिण कोरियाली समाचार समिति–योन्हापलाई बताइएको छ ।

दक्षिण कोरियाली संसदमा ३०० जना बिधायक रहेका छन् । महाअभियोग प्रस्ताव पारित हुन कम्तीमा दुई तिहाइ मतको आवश्यकता पर्छ । सो प्रस्तावउपर आगामी शुक्रबार मतदान हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी, महाअभियोग प्रस्ताव पारित नभएमा सबै बिधायकले एकमूष्ट संयुक्त राजिनामा गर्ने सम्बन्धमा राष्ट्रिय सभाको अर्को विपक्षी दल–पिपुल्स पार्टीले पनि हस्ताक्षर सङ्कलन कार्यलाई तीब्रता दिएको छ ।

संसद्का विपक्षी दल र स्वतन्त्र सांसदहरुले सो महाअभियोग प्रस्ताव गत शनिबार औपचारिकरुपमै दर्ता गराएका थिए ।

वर्तमान राष्ट्रपति पार्कको दल–साएनुरी पार्टीसँग एकसय अठ्ठाइस जना सांसदहरु छन् । सो महाअभियोग प्रस्तावको भाग्य र भविष्य सत्तारुढ दल – साएनुरी पार्टीका २८ जना सांसदहरुसँग जोडिएको छ ।

पार्टीले जारी गरेको ह्विप अटेर गरी साएनुरी पार्टीका २८ जना सांसदहरुले महाअभियोग प्रस्तावको पक्षमा मतदान गरे भने मात्र दुई तिहाई मत पुगी सो प्रस्ताव पारित हुन्छ अन्यथा सो प्रस्ताव बीचैमा तुहिने जनाइएको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर २३ बिहीवार ११:२३ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...