back
CTIZAN AD

महाअभियोग प्रस्ताव पारित नभएमा संयुक्त राजिनामा दिने

वि.सं.२०७३ मंसिर २३ बिहीवार

1K 

shares

२३ मङ्सिर,सोल। दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा यहाँको राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरुले राजिनामा दिने भएका छन् ।

राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दल–मिन्जु पार्टीका संसदिय नेता (फ्लोर लिडर) ऊ साङ्गहोले राष्ट्रपतिविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसदबाट पारित नभएमा आफ्ना पार्टीका सबै सांसदहरुलाई राजिनामा दिनका लागि बाध्यात्मक आदेश (ह्विप) जारी भएको जानकारी दिनुभयो ।

साथै, महाअभियोग प्रस्ताव पारित नभएमा सबै बिधायकले पद त्याग्नमा पार्टीका सबैजसो वरिष्ठ नेता सहमत भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

सबै सांसदले पार्टी नेतृत्वसमक्ष एकमूष्ट संयुक्त राजिनामा गर्नुअघि शुक्रबार नै एक सङ्कटकालिन बैठक बस्ने पनि दक्षिण कोरियाली समाचार समिति–योन्हापलाई बताइएको छ ।

दक्षिण कोरियाली संसदमा ३०० जना बिधायक रहेका छन् । महाअभियोग प्रस्ताव पारित हुन कम्तीमा दुई तिहाइ मतको आवश्यकता पर्छ । सो प्रस्तावउपर आगामी शुक्रबार मतदान हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी, महाअभियोग प्रस्ताव पारित नभएमा सबै बिधायकले एकमूष्ट संयुक्त राजिनामा गर्ने सम्बन्धमा राष्ट्रिय सभाको अर्को विपक्षी दल–पिपुल्स पार्टीले पनि हस्ताक्षर सङ्कलन कार्यलाई तीब्रता दिएको छ ।

संसद्का विपक्षी दल र स्वतन्त्र सांसदहरुले सो महाअभियोग प्रस्ताव गत शनिबार औपचारिकरुपमै दर्ता गराएका थिए ।

वर्तमान राष्ट्रपति पार्कको दल–साएनुरी पार्टीसँग एकसय अठ्ठाइस जना सांसदहरु छन् । सो महाअभियोग प्रस्तावको भाग्य र भविष्य सत्तारुढ दल – साएनुरी पार्टीका २८ जना सांसदहरुसँग जोडिएको छ ।

पार्टीले जारी गरेको ह्विप अटेर गरी साएनुरी पार्टीका २८ जना सांसदहरुले महाअभियोग प्रस्तावको पक्षमा मतदान गरे भने मात्र दुई तिहाई मत पुगी सो प्रस्ताव पारित हुन्छ अन्यथा सो प्रस्ताव बीचैमा तुहिने जनाइएको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर २३ बिहीवार ११:२३ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...