back
CTIZAN AD

सरकारी बल र विद्रोहीबीचको झडपमा एघारको मृत्यु

वि.सं.२०७३ मंसिर २३ बिहीवार

981 

shares

२३ मङ्सिर,याङगोन (म्यानमार) । म्यानमारमा सुरक्षाबल र सशस्त्र विद्रोहीबीच सुरु भएको झडपको कारण यस महिनामा मात्र कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ ।

यस विद्रोहको कारण म्यानमारका विदेश मन्त्री तथा प्रजातान्त्रीक नेत्री आङ सान सुकीद्वारा जारी शान्तिको प्रयासमा धक्का पुग्ने भएको छ ।

उत्तरी राज्य शानमा गत नोभेम्बरको अन्त्यबाट सुरु भएको द्वन्द्वको कारण हजारौ स्थानीय बासिन्दा विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश सीमापार गरेर चीनतर्फ जाने गरेको पाइएको छ ।

म्यानमारको शान राज्यमा जारी यस झडपमा परी गत नोभेम्बरको अन्त्यबाट हालसम्म सैनिक, प्रहरी, सरकार समर्थक नागरिक सेना र सर्वसाधार।ण गरी कम्तीमा ३० जनाको मृत्यु भइसकेको सरकारी अधिकारीले जनाएका छन् ।

म्यानमारमा विगतका केही हप्तादेखि बहुसङ्ख्यक बौद्ध समुदायले अल्पसंख्यक रोहिङ्ग्या मुसलमान जनसमुदायउपर आमहत्या र अत्याचारको शृङ्खला नै मच्चाइ रहेकामा यसलाई नियन्त्रण गर्न प्रजातन्त्रबादी नेतृ आङग सान सुकिको सरकार उदासीन र असफल रहेको आरोप लगाइँदै आएको छ । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर २३ बिहीवार ११:२३ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...