back
CTIZAN AD

रहस्यमयी ‘कोरोनाभाइरस’ का कारण चीनमा ६ को मृत्यु

वि.सं.२०७६ माघ ८ बुधवार

768 

shares

८ माघ, बेइजिङ ।‘कोरोनाभाइरस’ नाम दिइएको चीनमा भेटिएको रहस्यमयी रोगका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म छ पुगेको चिनियाँ अधिकारीले बताएका छन् ।

चीनको मध्य क्षेत्र वुहान शहरमा केही हप्ता पहिले देखिएको ‘कोरोनाभाइरस’ का कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म चार रहेकोमा उपचाररत दुई थप बिरामीको मृत्यु भएपछि मङ्गलबारसम्म यस रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ, वुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीलाई जानकारी गराएका छन् ।

उनले उक्त रोगबाट प्रभावितहरूको सङ्ख्या २९१ पुगेका साथै सोमबार र मङ्गलबार गरी थप ८० विरामी उपचारका लागि अस्पतालहरूमा पुगेको उनले बताए । रोगको प्रकोप विस्तारै चीनबाट बाहिरी देशमा पनि फैलिएका खबरसँगै सावधानीका लासग एशियाली मुलुकहरूका विमानस्थलहरूमा चीनबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षणलाई कडा बनाइएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोनाभाइरस’ मानवबाट मानवमा सर्नसक्ने पुष्टि गरेपछि छिमेकी मुलुकहरूका साथै चीनसँग प्रत्यक्ष हवाई यातायात रहेका पश्चिमा मुलुकहरूले पनि सावधानी अपनाउन थालेका छन् ।

सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ रोगले विश्वलाई चिन्तित तुल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘२१ औँ शताब्दीको खतरनाक स्वास्थ्य समस्या’ को रूपमा चित्रित श्वास–प्रश्वाससम्बन्धी रोग ‘सार्स’ लाई ‘सिभेयर एक्युट रेस्पिरेटरी सिण्ड्रोम’ भनिन्छ तर पछिल्लो समय देखा परेको रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको र बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन् । रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ ।

अनुसन्धानकर्ताहरूले नयाँ रोगको सङ्क्रमण चीनबाहिर पनि नगन्य मात्रामा रहेको बताएका छन् । उनीहरूका अनुसार थाइल्याण्डमा दुई र जापान र दक्षिण कोरिया पनि एक÷एक जनामा सङ्क्रमण देखिएको छ ।

सिङ्गापुर र हङ्कङले वुहानबाट आउने हवाई यात्रीहरूको स्वास्थ्य जाँच गर्न थालिसकेका छन् भने सङ्क्रमणलाई फैलिन नदिन अन्य मुलुकमा पनि सावधानी अपनाउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ भने रोग फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ ।

नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकहरूमा पनि यसबाट सावधानी अपनाइएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।यसको सङ्क्रमण सङ्क्रमित जनावरबाट वुहानस्थित ’सीफूड’ विक्री हुने एउटा बजारसम्म फैलिन पुगेको चिकित्सकहरूले बताएका छन् ।

वि.सं.२०७६ माघ ८ बुधवार ०८:५९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...