back
CTIZAN AD

पक्राउ पर्ने भए मनाङ्गे, अदालतको अनुमति लिँदै प्रहरी

वि.सं.२०७६ माघ ९ बिहीवार

849 

shares

९ माघ, कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ पर्ने भएका छन् । प्रहरीले मनाङ्गेलाई पक्राउ गर्न आज जिल्ला अदालतबाट अनुमति लिने तयारी गरेको छ । अदालतको अनुमतिलगत्तै उनलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

मनाङ्गे विरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि आक्रमण गरेको भन्दै उजुरी दिएका थिए । सोही उजुरीमाथि छानबिनका लागि मनाङ्गेलाई पक्राउ गरिन लागिएको हो । पोखरामा जारी मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै मनाङ्गेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।

मनाङ्गे बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि ठगी गरेका कारण झापड हानेको बताएका थिए । उनले आफ्ना १८ जना खेलाडीलाई गुरुङले अलपत्र पारेको आरोप पनि लगाएका छन् । पत्रकार सम्मेलनमै मनाङ्गे ठगहरुलाई झाप्पड हान्दा रमाइलो लाग्ने प्रतिक्रिया दिएका थिए ।

वि.सं.२०७६ माघ ९ बिहीवार ११:१६ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...