back
CTIZAN AD

प्रवासमा सिकेको सीप र ज्ञानलाई नेपालको हितमा प्रयोगबारे लन्डनमा अन्तरक्रिया हुने

वि.सं.२०७६ माघ ९ बिहीवार

873 

shares

९ माघ, काठमाडौँ । प्रवासमा सिकेको सीप र ज्ञान नेपालको हितमा प्रयोग विषयक लन्डनमा अन्तरक्रिया हुने भएको छ । बेलायतबाट संचालित अंग्रेजी अनलाइन साउथ एसिया टाइमको प्रथम वार्षिकोत्सवका अवसरमा तीन संस्थाको सहआयोजनमा उक्त अन्तरक्रिया हुने भएको हो ।

प्रवासको सीप, ज्ञान र लगानीलाई कसरी नेपालको विकासमा प्रयोग गर्न सकिन्छ भन्ने प्रमुख विषय रहेको कार्यक्रममा वातावरण विनास, भ्रस्टाचार नियन्त्रण र उद्यमशीलताको भूमिकाबारे बहस हुने कार्यक्रम संयोजक तथा साउथ एसिया टाइम अनलाइनका सम्पादक जगन कार्कीले जानकारी दिए ।

बहसकै खातिर बहस भन्दा पनि केही परिणाम मुखी कार्यक्रमको ढांचा र रुपरेखा सहित अघि बढ्न सहयोग पुगोस् भन्ने हेतुले मिडिया, विकास र अधिकारकर्मीको संयुक्त प्रयासमा कार्यक्रम गर्न लागिएको साउथ एसिया टाइम अनलाइनका कार्यकारी सम्पादक तथा इन्टरन्याशनल सोलिड्यारिटी फोरम फर नेपाल युकेका अध्यक्ष डा. कृष्ण उपाध्यायले बताए ।

कार्यक्रममा छुट्टा छुट्टै शीर्षकमा ५ जना विज्ञहरुको प्रस्तुति रहने छ । उच्च शिक्षाको निजीकरण सम्बन्धमा लिभरपुल जोन मूर विश्वविद्यालयका प्राध्यापक डा.पदम सिम्खडा, उद्यमशीलता र भ्रस्टाचार नियन्त्रण सम्बन्धमा डा.कपिल रिजाल, दिगो विकासका सम्बन्धमा प्रकाश खनाल, जलवायु परिवर्तनको राजनीतिका बारेमा बीबीसी विश्वसेवाका वातावरण संवाददाता नवीनसिंह खड्का तथा राजनीतिमा महिला सहभागिता तथा महिला अधिकार सम्बन्धमा युनिभर्सिटी कलेज लण्डनकी रिसर्च फेलो डा.पुनम यादवले प्रस्तुति दिनेछन् । प्रस्तुति पछि ती बिषयहरुमा राउण्ड टेबल अन्तरक्रिया हुनेछ ।

वि.सं.२०७६ माघ ९ बिहीवार १३:२४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...