back
CTIZAN AD

उपत्यकाका प्रहरी कार्यालयमा नागरिक सहजकर्ता सेवाको सुरूवात

वि.सं.२०७६ माघ ९ बिहीवार

834 

shares

९ माघ, काठमाडौं । महानगरीय प्रहरी मातहतका कार्यालयहरुमा आउने सेवाग्राहीहरूको सहजीकरणको लागि बुधबारदेखि नागरिक सहजकर्ता सेवा सुरुवात गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उक्त सेवा सुरुवात भएको जानकारी गराउँदै प्रहरी कार्यालयमा न्यायको लागि आउने सेवाग्राहीलाई दिने प्रहरी सेवा सहज,सरल,समान,पारदर्शी, निषक्ष र छिटो छरितो हुनुपर्ने उल्लेख गरे । नगरिकलाई परेको पिर मर्का आफूलाई नै परेको सरह सम्झी सबैलाई उच्च सम्मान र मर्यादाका साथ नागरिक सहजकर्ताले सम्बन्धित कर्मचारी र शाखा समक्ष पुर्यााउन सहयोग गर्नुपर्ने उनले बताए ।

प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निषक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित हरेक मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याच लगाई कार्यालयको गेटमा नागरिकहरूलाई सेवादिने उद्देश्यले उक्त सेवा सुरुवात गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

नागरिक सहजकर्ताको सेवा बुधबारबाटै पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसरहरू, महानगरीय ट्राफिक प्रहरी महाशाखा,महानगरीय अपराध महाशाखा,ललितपुर र भक्तपुर ट्राफिक परिसरहरु,महानगरीय प्रहरी परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

वि.सं.२०७६ माघ ९ बिहीवार १३:३१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...