माघ १०, भक्तपुर । भक्तपुरमा वर्षभर दुःख दिने भूतलाई भगाइएको छ ।
तामाङ समुदायले सोनाम ल्होछार २८५६ नजिकिएसँगै विभिन्न अनुष्ठान आयोजना गरी वर्षभर दुःख दिने भूत भगाएका हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका ६ स्थित उग्रेन सांगे छ्योइलिङ तामाङ गुम्बामा ह्याङला आदिवासी तामाङ समाजको आयोजनामा सामूहिक रुपमा भूत भगाउने अनुष्ठान अर्थात ध्यासी सम्पन्न भएको छ ।
विभिन्न समयमा भूतपे्रतले दुख दिएको र यसलाई भगाउन तामाङ समुदायले घरघरमा अनुष्ठान आयोजना गर्ने गरेको समाजका अध्यक्ष कर्मा लोप्साङ वाइवाले जानकारी दिए ।
अनुष्ठान तीन दिनसम्म गर्नुपर्ने भएपनि गुम्बामा लामा गुरुले पाठ गरी एकै दिनमा अर्थात ९ माघमा भूत भगाइएको एक लामा गुरुले जानकारी दिए । शुक्रबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ माघ १० शुक्रवार ०७:३६ मा प्रकाशित






























