back
CTIZAN AD

वडा कार्यालय बनाउन निःशुल्क जग्गादान

वि.सं.२०७६ माघ १० शुक्रवार

1.3K 

shares

१० माघ, गलकोट । गलकोट नगरपालिका–६ को भवन निर्माणका लागि स्थानीयवासीले एक रोपनी दुई आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

चरौँदीका मानकुमारी उप्रेती, टेकबहादुर उप्रती र तिलक उप्रेतीले करिब रु ५० लाख मूल्य बराबरको जग्गा प्रदान गरेकोे वडा कार्यालयले जनाएको छ । जग्गा प्राप्तिसँगै भवन निर्माणको काम तत्कालै अघि बढ्ने वडाध्यक्ष नरबहादुर खत्रीले जानकारी दिए । “जग्गाको नामसरी वडालाई आइसक्यो”, उनले भने, “भवन निर्माणका लागि ठेक्काको प्रक्रिया पनि टुङ्गी सकेको छ ।”
वडाको भवन बनाउन चालू आवमा रु ८० लाख बजेट विनियोजन भएको छ ।

आफ्नै भवन नहुँदा वडा कार्यालय हाल भाडाको कोठाबाट सञ्चालित छ । जग्गादाताले दिएको एक रोपनी दुई आना र एक रोपनी सार्वजनिक जग्गामा भवन बन्ने जनाइएको छ ।

“वडा कार्यालयलाई जग्गा अभाव भएपछि हाम्रो परिवार मिलेर जग्गा दिने निर्णय ग¥र्यौँ”, जग्गादाता तिलक उप्रेतीले भने । मापदण्ड अनुसारको व्यवस्थित र सुविधायुक्त वडा भवन बन्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

यसअघि सोही ठाउँमा स्वास्थ्य चौकी भवनका लागि मानकुमारीले एक रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । थप जग्गा व्यवस्थापन गरेर स्वास्थ्य चौकी भवन निर्माणको काम अगाडि बढाउने वडाको योजना छ । जग्गा अभावमा जिल्लाका कतिपय वडाका कार्यालय भवन, स्वास्थ्य चौकीजस्ता भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको छ ।रासस

वि.सं.२०७६ माघ १० शुक्रवार ११:४७ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...