back
CTIZAN AD

शिविरमा आक्रमण हुँदा कम्तीमा १५ सुरक्षाकर्मीको मृत्यु

वि.सं.२०७६ माघ १३ सोमवार

741 

shares

१३ माघ, वामाको ।  उत्तरपश्चिम अफ्रिकाको मालीमा आइतबार अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको यहाँको सैन्य तथा प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

“मालीको मध्यक्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण परी कम्तीमा १५ अर्धसैनिकको मृत्यु भएको छ,” मालीको सैनिक स्रोतले एएफपीलाई बतायो ।आक्रमणबाट मृत्यु हुनेमा अर्धसैनिक प्रहरी अधिकारी रहेका र शिविर बाहिर पनि दुई जनाको मृत शरीर देखेको एक स्थानीय सांसदले बताए ।

“आक्रमणकारी जिहादी लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेका थिए,” सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले बताए ।उनले भने, “हतियारले सुसज्जित उनीहरू सोकोलो शिविरमा प्रवेश गरे । शिविरमा अन्धाधुन्ध गोली चलाएपछि केही सुरक्षाकर्मी भागेर आफ्नो सुरक्षा गरेका थिए । आक्रमणकारीले शिविरबाट हतियारलगायतका धेरै सामानहरू लगेका छन् ।” “आक्रमणपछि शिविरमा पूर्णरूपमा भद्रगोल अवस्थामा रहेको छ,” एक मानवीय सहयोगका लागि कार्यरत संस्थासम्बद्ध स्रोतले बतायो । आक्रमणकारीले शिविरलाई तत्काल छोडेर भागेका थिए ।

क्याम्पमा रहेका १५ सुरक्षाकर्मीको शवलाई हामीले हटाई अन्तिम परीक्षणका लागि अस्पताल पठाएका छौँ ।
सोकोलो सेग्यो क्षेत्र अलकायदासँग सहकार्य गरेको मालीको जिहादी समूहको प्रभाव क्षेत्र हो । सहेल क्षेत्रमा करिब चार हजार ५०० फ्रान्सेली सेना र मालीमा करिब १३ हजार संयुक्त राष्ट्रसङ्घको शान्ति सेना तैनाद गरिएको छ तर जिहादीहरूले लुकीछिपी गर्ने आक्रमणबाट माली, बुर्किना फासो र नाइजरमा पटकपटक यस प्रकारका आक्रमणहरू हुने गरेका छन् ।

वि.सं.२०७६ माघ १३ सोमवार ०९:०७ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...