१३ माघ, काठमाडौँ । काठमाडौँको विभिन्न स्थानमा रहेको एक सहकारी संस्था लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
यस सहकारी संस्थाले बजार सुपरभाइजरमा ६ महिला ६ पुरुष, रिशेप्शनिष्टमा २ महिला, बजार प्रतिनिधिमा २५ म÷पु कर्मचारीको माग गरेको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा, २ प्रति पिपी साइजको फोटो सहित ७ दिनभित्र कार्यालयमा पेश गर्नुपर्ने छ ।
थप जानकारीका लागि फोनः नं. ०१–४४८९९३४, ०१–४४७९५९५, ०१–४३८७६२५ वा ईमेलः akshatasaccos@gmail.com मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैबिच आइडल फार्मासेक्युटिकल्स कम्पनी प्राइभेट लिमिटेडले पनि क्वालिटी कन्ट्रोल सिनियर अफिसरमा १, क्वालिटी कन्ट्रोल अफिसरमा १, माइक्रोबायोलोजिस्टमा १, क्वालिटी कन्ट्रोल एनालिष्टमा १, एफ एण्ड डी सिनियर अफिसरमा १, एफ एण्ड डी अफिसरमा १, एफ एण्ड डी अपरेटरमा १, मेन्टेन्स ईन्चार्जमा १, मेन्टेन्स एसिस्टेन्टमा १, स्टोर किपरमा १ र हेल्पर्समा ३ कर्मचारीहरुको आवश्यकता रहेको सूचना दिएको छ ।
उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले ७ दिनभित्र idea.pharmaceuticalscompany@gmail.com मा मेल गर्न सकिने जनाएको छ ।
वि.सं.२०७६ माघ १३ सोमवार १०:५२ मा प्रकाशित
























