१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सोहि रिटको सुसनुवाई आज न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो ।
आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको थियो । सापकोटा भने हिजो नै सभामुखमा सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
वि.सं.२०७६ माघ १३ सोमवार ११:०१ मा प्रकाशित






























