back
CTIZAN AD

अदुवा किसान सङ्कटमा

वि.सं.२०७३ मंसिर २५ शनिवार

849 

shares

२५ मंसिर, इटहरी । पूर्वी नेपालका अदुवा किसान आफ्नो उत्पादनलाई भारतमा निकासी गर्न नसक्दा गम्भीर समस्यामा परेका छन् ।

पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका हुन् । अहिले यहाँका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्य प्रतिकेजी रु १५ देखि रु २० मा पनि बिक्न छाडेको छ । गत वर्ष यही समयमा किसानले अदुवा प्रतिकेजी रु ५० देखि ७० मा बिक्री गरेका थिए ।

अहिले बिचौलिया व्यापारीले किसानले ल्याएको अदुवा किन्न छाडेकाले आफूहरू रुनु न हाँस्नुको अवस्थामा पुगेको पीडित किसानले बताएका छन् । विशेष गरी धनकुटा, सुनसरी, भोजपुर, सङ्खुवासभा, खोटाङ र उदयपुर जिल्लाबाट किसानले अधिकतम रूपमा धरानको कृषि उपज बजारस्थलसम्म बिक्रीका लागि अदुवा लिएर आउने गरेका छन् ।

यस पटक भने उचित मूल्य नपाएपछि किसानहरू बजारमा भुक्तानीबिनै अदुवा छाडेर जान बाध्य भइरहेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लाबाट प्रतिवर्ष कम्तीमा १० हजार मेट्रिक टन अदुवा बजारस्थलमा आउने र त्यसमध्ये ९० प्रतिशत अदुवा भारत निकासी हुने गरेकामा यस वर्ष अहिलेसम्म भारत निकासी हुन सक्ने स्थिति देखापरेको छैन ।

वि.सं.२०७३ मंसिर २५ शनिवार ०३:१५ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...