back

ट्रम्पद्वारा फिनिस राष्ट्रपतिसँग टेलिफोन वार्ता

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

681 

shares

२४ मङ्सिर,हेल्सीन्की (फिनल्याण्ड)। फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा बिहीबार टेलिफोन वार्ता भएको छ ।

उहाँहरुले फिनल्याण्ड र अमेरिकाको सम्बन्धलगायत रुस र ‘द आक्र्टिक काउन्सील’को बारेमा छलफल गर्नु भएको फिनल्याण्डको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो काउन्सीलको आगामी बर्ष अर्थात सन् २०१७ देखि फिनल्याण्डले अध्यक्षता लिदैछ । हाल अमेरिका सो काउन्सीलको अध्यक्ष छ ।

उहाँहरुकाबीचमा फिनल्याण्डको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने बार्षिक समारोहका बारेमा समेत छलफल भएको छ ।

ट्रम्पले यसअघि नोभेम्बरको अन्त्यतिर स्विडेन र डेनिसका प्रधानमन्त्रीसँग पनि टेलिफोनवार्ता गर्नु भएको थियो भने डिसेम्बरको सुरुमा नर्वेको प्रधानमन्त्रीसँग वार्ता गर्नु भएको थियो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ११:११ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...