back
CTIZAN AD

श्रीलङ्काका आधाभन्दा बढी सार्वजनिक भ्रष्टाचार हुन्छ : राष्ट्रपति सिरिसेना

वि.सं.२०७३ मंसिर २५ शनिवार

843 

shares

२५ मंसिर, कोलम्बो (श्रीलङ्का) । श्रीलङ्कामा सरकारीस्तरमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धतासहित दुई वर्ष पहिला नेतृत्वमा आउनुभएका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले शुक्रबार मुलुकका आधाभन्दा बढी सार्वजनिक खरिद सम्झौतामा भ्रष्टाचार तथा घुस लेनदेन हुने गरेको बताउनुभएको छ ।

राष्ट्रपति सिरिसेनाले यस विषयमा आफ्ना पूर्ववर्तीका पालामा भएका भनिएका भ्रष्टाचार मुद्दामाथि कारबाही चलाउन निर्देशन दिएको जानकारी दिँदै भ्रष्टाचार मुद्दा को कोमाथि चलाइने छ भन्नेबारे जानकारी गराउँदा भोलिदेखि नै चक्काजाम र हड्ताल घोषण हुन्छ त्यसकारण नाम सार्वजनिक नगर्ने तर प्रतिबद्धताअनुरूप कारबाही चलाइने बताउनुभयो ।

संस्थागत घुस लेनदेन तथा भ्रष्टाचारको अझै पनि सरकारी सङ्घसंस्थामा सोचेअनुरूप सुधार ल्याउन नसकिएकोे कुरा भन्नुपर्दा मलाई हीनताबोध हुन्छ तर यथार्थ यही हा, भ्रष्टाचारविरोधी अभियन्तासँगको सार्वजनिक भेलामा राष्ट्रपतिले भन्नुभयो । उहाँले आफ्नो अडान अनुसार काम गर्दै जान प्रतिवद्धता भने कार्यक्रममा जाहेर गर्नुभयो साथै यसमा प्रहरी तथा भ्रष्टाचारविरोधी अधिकारीले साथ दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

“हामी भन्छौँ भ्रष्टाचार नियन्त्रण गर्न टेन्डर आह्वान गर तर वास्तवमा टेन्डर (खरिद सम्झौता) प्रक्रिया नै भ्रष्ट छन्,” उहाँले थप्नुभयो, “करिब ५० प्रतिशतभन्दा बढी यस्ता सम्झौताका समयमा भ्रष्टाचार हुने गर्छ ।”

सन् २०१५ को जनवरीमा पूर्व राष्ट्रपति महिन्दा राजापक्षलाई पराजित गर्दै सत्तामा पुगेका राष्ट्रपति सिरिसेनाले वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री रनिल विक्रमासिंगेलगायतका भ्रष्टाचारविरोधी उच्च अधिकारीलाई राजनीतिक आवरणमा जोगाउन खोजेको आलोचना हालैका दिनमा उहाँमाथि लगाइने गरेको छ । एएफपी

वि.सं.२०७३ मंसिर २५ शनिवार ०३:४९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...