back
CTIZAN AD

प्रगतिशील लेखक सङ्घको ७७ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन

वि.सं.२०७३ मंसिर २५ शनिवार

1K 

shares

२५ मङ्सिर,काठमाडौँ  । प्रगतिशील लेखक सङ्घको आज सम्पन्न ३ नं प्रदेशको प्रथम भेलाले उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा ७७ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

कमिटीमा सङ्घका केन्द्रीय अध्यक्ष, अन्य उपाध्यक्ष, महासचिव र कोषाध्यक्षबाहेकका सम्बन्धित प्रदेशका पदाधिकारी, सचिवालय सदस्य, राष्ट्रिय परिषद् सदस्य र जिल्ला अध्यक्ष रहेका छन् ।

भेलाले थपलियाको संयोजकत्वमा पुण्य गौतम विश्वास, प्रकाश सिलवाल, आरसी न्यौपाने, कृष्णहरि भट्ट, गौरी दाहाल र साधुराम नेपाल सदस्य रहेको कार्यालय र अन्य विषयगत समिति गठन गरेको छ ।

सो भेलाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष मात्रिका पोखरेलले सङ्घलाई सामाजिक, वैचारिक रूपान्तरणको आन्दोलनका रूपमा विकसित गर्नुपर्ने बताउनुभयो । उक्त भेलामा उपाध्यक्षहरु डा विन्दु शर्मा, पुष्करराज भट्ट, रामप्रकाश पुरीलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा रमण थामी, गौरी दाहाल र सावित्री अधिकारीले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर २५ शनिवार १३:५६ मा प्रकाशित

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...