back
CTIZAN AD

यस साता रु. तीन अर्ब बढीको कारोबार

वि.सं.२०७३ मंसिर २५ शनिवार

1.3K 

shares

nepal-stock-exchange

२५ मङ्सिर, काठमाडौँ  । धितोपत्र बजारमा यस साता रु तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ५४४ दशमलव ६८ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव ३७ अङ्कले घटेर ३३४ दशमलव ४३ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु ३५ करोड ४४ लाख ७० हजार बराबरको कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको तीन लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको स्टकले जनाएको छ ।

यस्तै स्टकमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारणतर्फ दश लाख कित्ता, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ४५ हजार वोनस, मालिका विकास बैंकको सात लाख ६ हजार ८३५ वोनस, सिद्धार्थ फाइनान्स लिमिटेडको तीन लाख ५५ हजार ९५० कित्ता वोनस, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ लाख ५५ हजार हकप्रद र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको दश लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । रासस

वि.सं.२०७३ मंसिर २५ शनिवार १४:११ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...