back
CTIZAN AD

आजको सेयर बजारमा २१ अङ्कको वृद्धि

वि.सं.२०७६ माघ १९ आइतवार

528 

shares

१९ माघ, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ ।

नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघेको । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बीमा १.०९ले घटेको छ ।

यस्तै बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्वीवन बीमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ११ लाख चार हजार ९६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, गरिमा विकास लघुवित्त रु नौ करोड ४८ लाख ५८ हजार ३३०, एनआइसि एशिया बैंक रु छ करोड २९ लाख ९५ हजार ६८९, प्रभु बैंक रु छ करोड १९ लाख ९८ हजार १३५, हिमालयन डिस्टिलरी रु छ करोड १४ लाख ५५ हजार २२३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड पाँच लाख ४७ हजार ८६७ मूल्य बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

आज गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ७.०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ माघ १९ आइतवार १६:३२ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...