back
CTIZAN AD

तेली समाजको भवन निर्माणका लागि लाखौँको जग्गादान

वि.सं.२०७३ मंसिर २६ आइतवार

945 

shares

२६ मङ्सिर,महोत्तरी। महोत्तरीको गौशालामा तेली समाज सदनको भवन निर्माणका लागि एक दाजुभाइले रु ३५ लाख मूल्य बराबरको जग्गा निःशुल्क रूपमा प्रदान गर्नु भएको छ ।

बर्दिया बन्चौरी गाविस–३ का रामचन्द्र साह र शिवचन्द्र साह (दुई दाजुभाइ)ले संयुक्त रूपमा गौशाला नगरपालिका–६ स्थित जिरोमाइलमा एक कट्ठा पाँच धुर क्षेत्रफल बराबरको जग्गा प्रदान गर्नु भएको हो ।

त्यस्तै सो भवन निर्माणका लागि महोत्तरी क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीले संसदीय विकास कोषबाट रु पाँच लाख सहयोगस्वरूप उपलब्ध गराउने बताउनुभएको छ । पूर्व सभासद् एवम् माओवादी केन्द्रका नेता भरत साहले तेली समाजले निर्माण गर्ने सो भवन २ नं प्रदेशका लागि नमुना भवनका रूपमा रहने बताउनु भयो ।

साहद्वयले प्रदान गरेको सो जग्गामा रु एक करोडको लागतमा दुई तले भवन निर्माण गरिने तेली समाज सदनका भरत साह कमलले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर २६ आइतवार ०५:४१ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...