back
CTIZAN AD

सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

वि.सं.२०७६ माघ २१ मंगलवार

1.1K 

shares

२१ माघ , काठमाडौँ । युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएका छन्।

यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहेका उनले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिकाबारेमा जानकारी लिएको युनिसफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिए ।

उनले प्राकृतिक प्रकोपको प्रभाव कम गर्न समुदायहरूले आफूलाई सुदृढ बनाउन गरेका प्रयासका बारे पनि जानकारी लिनेछन । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्य्रान्क वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डरले स्वास्थ्य सेवा र शिक्षाको पहुँच, उच्च गरीबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौती तथा नेपालको बाल अधिकार तथा दिगो विकास लक्ष्यसम्बन्धी विषयमा पनि जानकारी लिएको जनाइएको छ ।

युनिसेफका अनुसार नेपालले दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेखनीय प्रगति गरे पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा विद्यालयको पहुँचबाट टाढा छन् । पाँचदेखि १२ वर्ष उमेर समूहका करीब सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित छन् ।

पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्छन् । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि छन् । युनिसेफले नेपालमा सबै बालबालिका, विशेष गरी सीमान्तकृत र विपन्न वर्गका लागि पाँच दशकभन्दा बढीदेखि विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ ।

वि.सं.२०७६ माघ २१ मंगलवार १३:४३ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...