back
CTIZAN AD

बिष्णु पौडेल पूर्णरुपमा निर्दोष छन्

वि.सं.२०७६ माघ २४ शुक्रवार

732 

shares

जसले जेसुकै कु-तर्क गर्नु, जो जत्तीसुकै मुरमूरिन पुगुन, बिष्णु पौडेल पूर्णरुपमा निर्दोष छन् ! हो, उनले वा उनको छोराले त्यो जग्गा नकिनेको भए त झनै राम्रो हुनेथियो ।  निम्न कारणहरुले गर्दा बिष्णु पौडेल निर्दोष छन्  :-

१) त्यो जग्गामा उनको नाम आएको भए पनि, पौडेलले आफ्नो नाममा किनेका थिएनन्। छोराको नाममा किनेका थिए ।

२) त्यो जग्गा उनको छोराले चौथो वा पाँचौं बिक्रेताबाट किनेका थिए ।

३) त्यो जग्गा उनको छोराले किनेको भए पनि, उनीहरुले उक्त जग्गा सरकारबाट बिना क्षतिपूर्ति उनीहरुले सरकारलाई फिर्ता गरिसकेका छन् ।

४) उक्त कारोबार बारेमा पौडेलले खुलस्त स्वीकार गरिसकेका छन् र घटनालाई लुकाउने कुनै कु-प्रयाश गरेका छैनन् ।

५) उक्त जग्गा कारोबारमा गर्दा भू-माफियाहरुसंग पौडेलको कुनै संग्लग्नता छैन ।

त्यो जग्गा ज्ञानेन्द्र शाहको प्रत्यछ्य शासन कालमा बिक्रि भएको रहेछ । हो, उनले वा उनको छोराले त्यो जग्गा नकिनेको भए त झनै राम्रो हुनेथियो । उनले गल्ती गरेका हुन्, कुनै अपराध गरेका छैनन् । आफ्नो गल्ती स्वीकार गरेर आफ्नो छोराको नाममा भएको जग्गा छ्यतिपुर्ती बिना नै सरकारलाई फिर्ता गरेपछि, त्यो गल्ती पनि अति नै सानो स्तरको देखिन्छ ।

अहिले नेपाली कांग्रेस नामको भ्रष्टाचारीहरुको झुण्डका नाइकेहरु र तिनीहरुका दाशहरुले ‘बिष्णु पौडेललाई किन कार्यबाही भएन ?’ भनेर कु-तर्क गर्नुको पछाडी कुनै कानुनी वा नैतिक आधार छैन । त्यसकारण, जसले जेसुकै कुतर्क गर्नु, जो जत्तीसुकै मुरमूरिन पुगुन, बिष्णु पौडेल पूर्णरुपमा निर्दोष छन् !

वि.सं.२०७६ माघ २४ शुक्रवार ११:५५ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...