back
CTIZAN AD

‘खेलीमा दोहोरी’ युवराजको नयाँ प्रस्तुति (भिडियोसहित)

वि.सं.२०७६ माघ २४ शुक्रवार

852 

shares

उदीयमान लोकगायक युवराज भुसालले नेपालको पश्चिमी क्षेत्रमा गाइने खेली दोहोरी ‘के पीर पयो बहिनी’ बजारमा ल्याएका छन् ।

‘ नेपाली गीत संगीतमा परंपरा जोडने र मौलीकता बचाउने अभिप्रायले खेलीको खेलो गरेको हुं ’ उनले संसार न्युजसंग भने । अघिल्लो पुस्तामा लोकप्रिय रहेको खेली गीत पछिल्लो समयमा लोप हुँदै गइरहेका बेला खेली दोहोरी मार्फत उनले गीतसंगीतको क्षेत्रमा महत्वपुर्ण योगदान पुयाएका छन् ।

अहिलेको नयाँ पुस्ताले खेलि बिर्सनै लागेका बेला यसमार्फत उनले नेपाली सांगीतिक क्षितिजमा पुनर्ताजगी गराएका छन । २०७६ माघ १७ गते सार्वजनिक भएको खेली गीतको म्युजिक भिडयो युवराज भुसालको आफ्नै आधिकारिक युट्युव च्यानल मार्फत बजारमा आएको हो ।

विमलराज क्षेत्रीको संगीत संयोजन तथा युवराज भुसालकै लय र शब्द रहेको सो गीतमा गायिका लक्ष्मी न्यौपानेले साथ दिएकी छन् भने गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । निर्देशक भट्ट र आयुष्मा कार्कीले अभिनय गरेको सो भिडियोको छायाँकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन विष्णु शर्मा र अडियो मिक्सिङ रसाइलीले गरेका छन् ।

पर्वतको बिहादी लिंगसींग स्थायी घर भएका भुसालले सूर्यकुमार क्षेत्रीको शब्दमा ‘तिर्खा पानीको’ भन्ने एल्बमबाट २०६४ सालमा संगीतक्षेत्रको व्यवसायिक यात्रा शुरु गरेका हुन् । यससंगै उनले ‘दिलमा लेखिएसी’, ‘मनको धोको मनमै रहेसी’, ‘नरोइ नरोइ बस मेरी सानी’, ‘सरर आयो पर्वतमा मोटर’लगायतका एल्बम बजारमा ल्याएर आफनो शसक्त उपस्थिति जनाइसकेका छन ।

उनको यसप्रकारको प्रयासले नेपाली मौलीकता, संस्कार र संस्कृतिको संरक्षणका लागि महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरीएको छ । शुरुमा पर्बतको बिहादी र पैयुका अधिकांश गाउबस्तिमा गहिरो छाप दिएका उनले क्रमश देशभरी र बिदेशका नेपालीमा समेत संगीत प्रभाव पुयाएका छन् । उनको पछिल्लो प्रस्तुति खेली पश्चिम नेपालकै मौलिक र सास्कृतिक संपति भएकाले यसबिधामा उनले पुयाएको योगदानलाइ सम्मान गनुपर्ने आवाज पनि उठेका छन् ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १२:०२ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...