back
CTIZAN AD

सेनाद्वारा समुदायलाई विपत् प्रतिकार्य तालिम

वि.सं.२०७६ माघ २८ मंगलवार

822 

shares

२८ माघ, डोटी । सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले जिल्लाका स्थानीय तहमा समुदायमा आधारित आपतकालीन –विपत) प्रतिकार्य तालिम दिन शुरु गरेको छ ।

स्थानीय तहको सहकार्यमा उक्त गणले आदर्श र सायल गाउँपालिकामा आज तालिम सम्पन्न गरिसकेको तथा अन्य स्थानीय तहमा आगामी फागुन १ गतेबाट तालिमको आयोजना गरिने सो गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

उनले भने “बिपत आइपरेको बेला कसरी जोगिने तथा कसरी बिपतमा परेकाको उद्धार गर्ने भन्ने विषयमा तालिम दिन शुरु गरेका छौँ, जिल्लाका सबै स्थानीय तहमा उक्त तालिम दिइने छ ।” तालीममा खोज्ने, उद्धार गर्ने विषयमा तीन चरणका जानकारी गराउनुका साथै अभ्यास पनि गराइने सो गणका सेनानी सन्तोष ढुङ्गेलले बताए ।

उनका अनुसार सहभागीलाई प्राथमिक उपचार, आकस्मिक स्वास्थ्य उपचार, खोप तथा महामारीबाट सुरक्षित हुने उपाय, डुबानमा परेका, बाढीपहिरा र आगलागीमा परेकालाई स्थानीय स्रोत प्रयोग गरी उद्धारबारे जानकारी गराइने छ ।

गणले जिल्लामा भुकम्प आउँदा अपनाउनुपर्ने अवस्था, सावधानीलगायत अन्य विभिन्न विषयमा जनचेतनामुलक कार्यक्रम विभिन्न तालिम तथा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार ०८:४६ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...