back
CTIZAN AD

कुर्दिस लडाकू समूहले इस्तानबुल बिस्फोट गराएको दावीे

वि.सं.२०७३ मंसिर २७ सोमवार

1K 

shares

२७ मङ्सिर,इस्तानबुल। टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको बताइएको छ ।

घटनाको जिम्मेवारी टर्कीको कुर्दिस लडाकू समूहले लिएको बताइएको छ ।

सो विस्फोटमा परी २७ प्रहरी अधिकृतको समेत ३८ जनाको मृत्यु भएको बताइएको छ । उक्त घटनामा अन्य करिब १७० जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बेसिक्टास जिल्लाको खेलमैदानमा फुटबल प्रतियोगिता सकिएको डेढ घण्टापछि मानिसहरुको भिडभाड भइरहेका बेला ड्युटीमा रहेका प्रहरीलाई लक्षित गरी सो विस्फोट गराइएको गृहमन्त्री सुलेम्यान सोएलुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

राष्ट्रपति रेसेप तैयप एर्डोगानले ट्विटर एकाउण्टमा “हाम्रो संघर्ष जारी छ,” भन्दै घटनामा सम्लग्न दोषीलाई कानूनी कठघरामा उभ्याउने बताउनुभएको छ ।

इस्तानबुलमा पछिल्लो बम आक्रमण गत जुनमा भएको थियो । त्यतिबेला अन्तराष्ट्रिय विमानस्थलमा तीन वटा आत्मघाती बम हमला भएका थिए भने ४५ जनाको मृत्यु भएको थियो ।

टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी दर्जनौं मानिसको मृत्यु भएपछि टर्कीमा आइतबार एक दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

विष्पोटपछि राष्ट्रपति एर्डोगानले आइतबारका लागि तय भएकोे आफ्नो काजकिस्तानको भ्रमण स्थगित गर्नु भएको छ । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर २७ सोमवार ०३:०९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...