२ फागुन स्याङजा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाद्वारा ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद’ विषयक बिहीबार यहाँ आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा क्रान्तिका अमूर्त कुरा गरेर समय खेर नफल्न आग्रह गरे ।
“देशको अवस्था र माटो सुहाउँदो कामले मात्रै सफलता प्राप्त हुन्छ । अन्य मुलुकको शैलीमा क्रान्ति गर्छु भन्दै हिँडेर कही पुगिदैन । ” नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीले देशको माटो र जनताको चाहनाअनुसार नै काम गर्दै आएकाले जनताको नेकपाप्रति आकर्षण बढेको बताए । रासस
वि.सं.२०७६ फागुन २ शुक्रवार ०८:०२ मा प्रकाशित






























