back
CTIZAN AD

प्राविधिक, व्यावसायिक शिक्षा र तालीम सम्बन्धी नयाँ ऐन ल्याइने

वि.सं.२०७६ फागुन २ शुक्रवार

801 

shares

२ फागुन, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीमको थप विकास, विस्तार एवं गुणस्तर अभिवृद्धि गर्ने ध्येयले छुट्टै नयाँ ऐन ल्याउने तयारी गरेको छ ।

ऐनले सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारका प्राविधिक शिक्षा सम्बन्धी नीतिलाई जोड्ने, लगानी अभिवृद्धि गर्ने तथा बजारको सीपयुक्त जनशक्तिको मागलाई सम्बोधन गर्न सहयोग गर्ने जनाइएको छ ।

सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय बनाउने नीति लिएको छ । शिक्षामा विनियोजित करीब दश प्रतिशत बजेटमध्ये प्राविधिक शिक्षामा चार प्रतिशत मात्र विनियोजित रहेको छ । हाल श्रमबजारमा वर्षेनी पाँच लाख युवा रोजगारीमा निस्कन्छन् । तीमध्ये स्वदेशका सरकारी र निजी क्षेत्र गरी करीब एक लाखमा रोजगारी सिर्जना हुने र स्वदेशमा सीप सिकेर गएका युवालाई विदेशमा पत्याइहाल्ने अवस्था नरहेको बताइएको छ ।

सो मन्त्रालय, काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनद्वारा ‘प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीम’ विषयक आज यहाँ आयोजित कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले शिक्षा नीति २०७६ अनुसार प्राविधिक शिक्षालाई सम्बोधन गर्न नयाँ ऐन ल्याउन लागेको जानकारी दिए ।

उनले भने “प्राविधिक शिक्षा र तालीम बिना आर्थिक समृद्धि हासिल गर्न सकिदैन । युवालाई स्वरोजगार बनाउने काम सीपयुक्त तालीमले गर्छ । तीनवटै सरकारले निजी क्षेत्रको सहकार्यमा प्राविधिक शिक्षा र तालीममा लगानी बढाउनु आवश्यक छ । ”

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठम काजु श्रेष्ठले घोकन्ते शिक्षा भन्दा सिर्जनशील र सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको औल्याए । “तालीम लिएर काम गर्ने ठूलो र सानो हुँदैन, कति अध्ययन ग¥यो भन्दा कति सीप हासिल ग¥यो भन्ने महत्वपूर्ण हुन्छ”, उहाँले भने । सोही मन्त्रालयका सहसचिव दीपक शर्माले समृद्ध नेपाल बनाउन प्राविधिक र व्यावसायिक शिक्षालाई थप प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा हरिप्रसाद लम्सालले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीमका अवस्था, लगानी र अगामी कार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै प्राविधि र व्यावसायिक शिक्षा र तालीम प्रवद्र्धन गर्न मौजुदा ऐन नियमबाट धेरै कार्य सकिने बताए ।

उनका अनुसार विभिन्न मन्त्रालयले तालीम शीर्षकमा गतवर्ष रु २१ अर्ब खर्च गरेका थिए । सरकारी १८ निकायबाट लामो र छोटो गरी ८४ हजार ६५० जनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीम प्राप्त गरेका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले राज्यले अन्य शिक्षा र प्राविधिक शिक्षाका बीचमा फरक छुट्याउन नसक्दा प्राविधिक शिक्षा पछाडि परेको हो भने । प्राविधिक र व्यावसायिक शिक्षा र तालीम विज्ञ प्रा डा राजेन्द्र अधिकारीले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउन सुझाव दिए ।

कार्यक्रममा काठमाडाँै विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा महेशनाथ पराजुलीले बजारको मागअनुसार सीपका तालीम र शिक्षा आवश्यक रहेकोमा जोड दिए । सोही विश्वविद्यालयका स्कुल अफ एजुकेशनका कार्यक्रम संयोजक प्रा डा प्रकाश भट्टराईले विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षा र तालीम सम्बन्धी विभिन्न तहमा उच्च शिक्षा अध्ययन गराइरहेको जानकारी दिए ।

वि.सं.२०७६ फागुन २ शुक्रवार ०८:१७ मा प्रकाशित

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...