back
CTIZAN AD

म्यानमार ‘मोर्टार’ आक्रमणमा २१ विद्यार्थी घाइते

वि.सं.२०७६ फागुन २ शुक्रवार

780 

shares

२ माघ, याङ्गोन ।  बिहीबार म्यानमारको उत्तरी रखाइन राज्यमा एक विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा कम्तीमा २० बालबालिका घाइते भएका छन् । रखाइन राज्यमा म्यानमारको सेनाले लामो समयदेखि आराकन सशस्त्र विद्रोही (एए) ले जातीय मुक्तिका लागि गरेको आन्दोलनविरूद्ध युद्ध गरिरहेको छ ।

बिहीबारको आक्रमण बुटिडाउङ नगरको एक बस्ती जजिकै भएको हो, जहाँ म्यानमारले सशस्त्र विद्रोहीविरूद्ध लामो समयदेखि लड्दै आएको छ । आक्रमण सरकारी सेना वा विद्रोहीले गराएका भन्नेबारे पुष्टि हुनसकेको छैन ।

गत वर्षको जनवरीदेखि दुई पक्षबीच चलेको द्वन्द्वले चर्को रूप लिएपछि दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । यसबीचमा उक्त स्थानबाट करिब एक लाख स्थानीय विस्थापित भएका छन् ।

एएले जातीय रखाइन बौद्धमार्गीहरूको स्वतन्त्रताका लागि लडिरहेको दाबी गरेको छ । रखाइन क्षेत्र म्यानमारका अल्पसङ्ख्यक मुसलमान समुदाय रोहिंज्याहरूको बाहुल्यता भएको क्षेत्र हो ।

खाम्वे गाउँका शिक्षक थार आय माउङ्गले एएफपीलाई फोनमार्फत बिहीबार दिएको जानकारीमा उनले भने, “विद्यालयमा भएको आक्रमणमा २१ जना विद्यार्थी घाइते भएका छन् । आक्रमणबाट घाइते भएकी एक बालिकालाई हात र खुट्टामा गम्भीर चोट लागेको र अन्य विद्याथीहरूलाई पनि शरीरका विभिन्न भागमा चोट लागेको लागेको छ ।”घाइते भएका विद्यार्थीहरू बौद्धमार्गी खामी समुदायका रहेका बताइएको छ ।

“बिहीबार बिहान सरकारी सेना र विद्रोही एए समूहबीच विद्यालयबाट करिब तीन किलोमिटर टाढा भिडन्त भइरहेको थियो,” उनले थपे । हामीले विद्यालयदेखि टाढा युद्ध भएका कारण गोलाबारूद विद्यालयसम्म नआउने सोचेर कक्षा सञ्चालन गरिरहेका थियौँ तर एक्कासी मोर्टार विद्यालय परिसरमा खसेको थियो ।

माउङदाव जिल्लाका प्रशासन प्रमुखले घटनाको पुष्टि गरेका छन् तर घाइतेहरूको सङ्ख्या भने १९ रहेको उनले बताए ।
उनले विद्यालयमा सेनाले आक्रमण गर्नुपर्ने कारण नभएको तर कहिलेकाही सेनाको विद्रोहीले लुटेका हतियार यस्ता घटनामा प्रयोग हुने गरेका म्यानमार सेनाका पश्चिमी कमाण्डका प्रवक्ता कर्नेल विन ताओले बताए ।

हाम्रो लुटिएको हतियार विद्यालयमा हानेर सेनाले आक्रमण गरेको भनी उनीहरूले गलत दाबी गरिरहेको प्रवक्ता ताओले बताए । यस घटनाबारे विद्रोहीको भनाइ राख्न गरेको प्रयास सफल हुनसकेन ।

वि.सं.२०७६ फागुन २ शुक्रवार ०९:०५ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...