२ फागुन , काठमाडौँ । शिक्षक सेवा आयोग फागुन १ गते देखि लागु हुनेगरी नयाँ पाठ्यक्रम पारित गरेको छ ।
शिक्षक हुनका लागि सामान्य र विषयगत परीक्षा दिनुपर्ने गरी आयोग नियमावलीको १० औँ संशोधनले गरेको व्यवस्था अनुसार आयोगले बिहीबार सामान्य परीक्षाको नयाँ पाठ्यक्रम पारित गरिएको आयोगले जनाएको छ ।
पाठ्यक्रममा सामान्य ज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार, संविधान ऐन तथा नियम र वौद्धिक परीक्षण समावेश गरिएको छ । पहिलो चरणमा बिहीबार सामान्य परीक्षाको पाठ्यक्रम पारित गरिएको हो ।
आयोगको योजना अनुसार अब एक साता भित्रै हामी विषयगत परीक्षाको पाठ्यक्रम पनि पारित गर्ने तयारी छ ।
कोर कण्टेण्टका लागि सामान्य परीक्षा र विषयगत ज्ञान परीक्षणका लागि विषयगत परीक्षाबाट योग्य शिक्षक छनौट गर्ने उद्धेश्य अनुसार नयाँ पाठ्यक्रम बनाईएको जनाइएको छ ।
वि.सं.२०७६ फागुन २ शुक्रवार ०८:५१ मा प्रकाशित






























