back
CTIZAN AD

म्यान्चेस्टर सिटीमाथि प्रतिबन्ध

वि.सं.२०७६ फागुन ३ शनिवार

801 

shares

३ फागुन । इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीमाथि आगामी दुई सिजन युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ । म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वाेच्च संस्था यूईएफएले दुई वर्षका लागि प्रतिबन्ध लगाएको हो ।

सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएका कारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरेको छ । सिटीले यस विषयलाई कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा अपिलको लागि पु¥याएको छ । सिटीले यस किसिमको सजाय पाउँदा अचम्मित नभएको बताउँदै अपिल गर्ने बताएको छ ।

सिटीले सन् २०१२ देखि २०१६ को बिचमा क्लबलाई आएको प्रायोजन र लेखा परिक्षणबारे अनुसन्धान गर्न खोज्दा समन्वय नगरेको आरोप युइएफएले गठन गरेको छानविन समितिले जनाएको छ । प्रिमियर लिगमा सिटीको अंक घट्न पनि सक्छ भने यस कारवाहीसँगै सिटीले अर्काे सिजनदेखि दुई वर्ष च्याम्पियन्स लिग र युरोप कप फुटबलमा सहभागिता जनाउन पाउने छैन ।

यसबारे प्रिमियर लिगले पनि छिट्टै आफ्नो निर्णय सुनाउने छ ।

वि.सं.२०७६ फागुन ३ शनिवार ०९:४६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...