back
CTIZAN AD

मोटर चल्ने र झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय खुशी

वि.सं.२०७६ फागुन ६ मंगलवार

723 

shares

६ फागुन, म्याग्दी । म्याग्दीको मङ्गला र मालिका गाउँपालिको सिमानामा पर्ने दुखुखोलामा मोटर चल्ने र मङ्गला–२ को भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । दुवै पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा रु दुई करोड छ लाखको लागतमा २० मिटर लम्बाइ र छ मिटर चौडाइ भएको मोटर चल्ने पुल निर्माण भएको इञ्जिनीयर सन्तोष अर्यालले बताए ।

पुल बनेपछि खोलाबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । बर्खायाममा सवारी आवतजावत अवरुद्ध हुने समस्या हटेको अध्यक्ष रोकाले बताए । बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङ दुई खण्डमा कालोपत्रको तयारी भएको पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए । दरवाङदेखि ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत पहिलो चरणमा दरवाङदेखि सात किलोमिटर ग्राभेल गर्न ठेक्का प्रक्रिया अघि बढाएको बताए ।

दुई वर्षअघि शुरु भएको बेनीदेखि बाबियाचौरसम्मको सडकको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ । गत जेठमा ठेक्का लागेको लाम्पाटादेखि दरवाङ खण्डको स्तरोन्नतिको २० प्रतिशत भौतिक प्रगति भएको छ ।

यसैगरी मङ्गला गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा रु ४७ लाख ८८ हजार ४६० को लागतमा १०४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुलबाट कोक्रवाङ, भाइजाङ, ¥यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १४३ घरधुरीका ८५८ जनसङ्ख्या लाभान्वित भएका गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

मन्त्री बस्नेतले सोमबार नै मङ्गला गाउँपालिका–२ सिमलचौर र ३ पखरेको सिमानामा पर्ने लुलियाघाटस्थित म्याग्दी खोलामाथि पूर्वाधार विकास कार्यालयले बनाउन लागेको झोलुङ्गे पुलको शिलान्यास गरे ।

मन्त्री बस्नेतले विकास आयोजनामा गुणस्तरहीन काम र ढिलासुस्ती सह्य नहुने बताए । सरकारले समयमै पर्याप्त बजेटको व्यवस्थापन गरेको बताउँदै विकास आयोजनामा उत्पन्न हुने सामाजिक समस्या समाधानका लागि स्थानीय तह र जिल्लास्तरबाट समन्वय हुनुपर्ने उनले बताए ।रासस

वि.सं.२०७६ फागुन ६ मंगलवार १०:०६ मा प्रकाशित

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...